अर्को वर्षदेखि मेलम्ची खानेपानीबारे प्रश्न उठाउन पाउनुहुने छैन: खानेपानी मन्त्री विना मगर

खानेपानीमन्त्री बिना मगर
काठमाडौं । खानेपानीमन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रस्न उठाउने अवस्थाको अन्त्य हुने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताइन् ।

उनले आगामी आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गरिन् । दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथभन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने बताइन् । मन्त्री मगरले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने समेत बताइन् ।

तराई क्षेत्र खासगरी प्रदेश २ मा खानेपानीमा आर्सनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालिन र दीर्घकालीन योजनासहित अगाडि बढेको मन्त्री मगरले बताइन् । वास प्लानअनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दीर्घकालीन रुपमा मेचीदेखि महाकालीसम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आगामी आर्थिक वर्षदेखि नै डिपिआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको जानकारी दिइन् ।

यस्तै, देशैभर लागू हुने गरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिने बताइन् । आगामी आर्थिक वर्षभित्रमा ९४ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानीको पहुँच पु¥याउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको दाबी गरिन् । उनले इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिट्टै कानूनको रुपमा आउने विश्वास समेत व्यक्त गरिन् ।

यो पनी पढौ:कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइप्रती प्रतिवद्धतासहित चिन द्धारा स्वेतपत्र जारी
कर्णाली प्रदेशमा थप ५४ जना कोरोना,संक्रमितको संख्या ६४१ जना पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar