कृषि आधुनिकीकरणमा अब छुद्र राजनीतिकरण हुन्न ,अब जसले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ।’ मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धता जनाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले अब प्रधानमन्त्री कृषि आधुुनिकीकरणका कार्यक्रममा राजनीतिकरण नहुने प्रतिवद्धता जनाए।

विगतमा प्रधानमन्त्री कृषि आधुुनिकीकरणका कार्यक्रममा राजनीति गरिएको, अनावश्यक गुटकरण गरेर विगार्ने काम भएको भन्दै उनले अब सुधार गरेर अघि बढ्ने आश्वासन दिए।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हामीले बिगार्यौँ, सबै मिलेर बिगार्यौँ, अनावश्यक राजनीतिकरण र गुटकरण गरेर त्यसलाई ध्वस्त पार्यौँ’ उनले भने ‘हाम्रै आफ्नै सबैभन्दा ठूलो प्रोजेक्ट भएकाले त्यसलाई नफाल्ने निर्णय गरेको हो। राम्रो बनाउन लागेका छौँ। अब जसले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ।’

सो परियोजनामा सांसदहरुले नै करोडौं रुपैया लगेको भन्ने सांसहरुको जिज्ञासामा उनले भने ‘सांसदहरु पनि करोडौमा लागे। त्यस्तो भयो होला भन्नका लागि मसँग प्रमाण छैन। केही रेकर्डहरु छैन। पुराना कागज छैन। रेकर्ड खोज्यो छैन।’

उनले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपुर्व वास्तविक किसानको तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘किसान पेन्सन भनेर अब हामीले नारा मात्रै लगाउने होइन, गर्ने हो। तर सामान्य को किसान हो होइन भनेर तथ्यांक समेत हामीले लिएका छैनौँ’ उनले भने ‘त्यसैले तपाईले हरेक पटक संसदमा कोर्रा लगाइदिनोस् ताकि मलाई छिटो भन्दा छिटो हाम्रो मन्त्रालयले किसानको सूचीकरण सम्म गर्न सकोस् त्यसपछि के गर्ने हो सँगै गरौँला।’

उनले कृषि शिक्षा र कृषि कर्मलाई सँगसँगै लैजानका लागि सुर्खेतका ७० वटा स्कुलमा पाईलट योजना सुरु गरिएको पनि जानकारी दिए। मन्त्री भुसालले आगामी आर्थिक बर्षदेखि मलमा जस्तै विउमा अनुदान दिन सुरु गरिने बताए।

यो पनी पढौ:नेपालमा थप कोरोना संक्रमित ३१४ जना,संक्रमितको सख्या ३,७६२ जना,मृत्युहुनेको सख्या १४ जना पुग्यो।
अर्को वर्षदेखि मेलम्ची खानेपानीबारे प्रश्न उठाउन पाउनुहुने छैन: खानेपानी मन्त्री विना मगर
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar