कोरोना भाइरसवाट उत्पन्न परिस्थितीको चुनौती सामाना गर्न सुरक्षा निकायको भुमिका अग्रपङ्तिमा:माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’

माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’

कोरोनाविरुद्ध सुरक्षा निकाय अग्रपङ्तिमा
गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकाय अग्रपङ्तिमा उभिएर कोभिड–१९ विरुद्ध लडिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन विधेयक, २०७७ मा उठेको प्रश्नको जवाफ दिँदै उनले कोरोनाबाट उत्पन्न परिस्थितिको चुनौती सामना गर्न सुरक्षा निकायको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’ले बन्दाबन्दीको कार्यान्वयन गर्न, विभिन्न नाकामा अड्किएका नागरिकलाई गन्तव्यसम्म पु¥याउन, आपूर्ति व्यवस्था सहजीकरण गर्न तथा क्वारेन्टिन व्यवस्थापनमा स्थानीय प्रशासन र प्रहरीको भूमिका प्रभावकारी रहेको उल्लेख गर्दै हाल कोभिड–१९ को रोकथामका लागि दक्षिणी सीमा क्षेत्रमा स्थायीसहित एक हजार २१३ स्थानमा विओपी स्थापना गरी सशस्त्र प्रहरीमार्फत रोकथामका कार्य गर्दै आएको जानकारी दिए।

विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार सामग्री खरिदकार्य अघि बढाइएको तथा मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा समितिहरु क्रियाशील रहेको मन्त्री थापाको भनाइ छ । उनले सङ्घीयता कार्यान्वयन गर्न र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी समायोजनका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मन्त्री थापाले सुरक्षा निकायलाई दक्ष बनाउन आवश्यक तालिमलगायतका कार्यक्रम जारी रहेको बताउँदै सङ्गठन व्यवस्थापन तथा सर्वेक्षणको कार्य अन्तिम चरणमा पुगेकाले त्यसको प्रतिवेदनका आधारमा सुरक्षा निकायको संरचनालाई थप व्यवस्थित बनाउँदै लगिने मन्त्रालयको योजना रहेको जानकारी दिए ।

माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’का अनुसार चोरी, तस्करी, ठगी, अपहरण, बलात्कारलगायत आपराधिक कार्य रोक्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकिएको छ । गृहमन्त्री थापाले कुनै घटनामा कोही दोषी देखिए कडा कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक वा कुनै लोभमा परी कर्तव्यपालनमा विचलित भए सुरक्षाकर्मीसमेत कारवाहीको भागिदार हुने बताए ।

आगामी आर्थिक वर्षमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम तथा सिसीटिभी जडानका कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराउँदै उनले अपराध अनुसन्धान र नियन्त्रणमा सुरक्षा निकाय सफल रहेको बताए।

सीमामा सुरक्षा चौकी विस्तार

माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’ले सीमा रक्षाका लागि सुरक्षा चौकी विस्तार गर्ने क्रम जारी रहेको बताए । सीमा सुरक्षाको सम्बन्धमा छिमेकी मुलुकका अधिकारीसँग छलफल जारी रहेकाले आपसी समन्वयात्मकरुपमा काम हुँदै आएको बताउँदै उनले सरकारले सीमा निगरानी पोष्ट (विओपी) ५०० स्थानमा राख्ने योजना राखेको बताए।

गृहमन्त्री थापाले पहिलो चरणमा २२१ स्थानमा राख्ने प्रक्रिया जारी छ भन्दै सोही प्रक्रियाअन्तर्गत आजसम्म हुम्लाको हिल्सा र दार्चुलाको छाङरुसहित १२९ स्थानमा विओपी स्थापना भइसकेको जानकारी दिए । आगामी आवमा ६९ स्थानमा विओपीका लागि भौतिक संरचना निर्माण गरिसकिने उनले बताए ।

कारागार व्यवस्थापन

गृहमन्त्री थापाले कारागार व्यवस्थापन चुस्त बनाउँदै बन्दीगृहलाई सुधार गृहका रुपमा विकास गर्न सरकार सक्रिय रहेको बताए । आगामी आवमा बाँके र नुवाकोटको कारागार निर्माण सम्पन्न गर्ने योजना रहेको बताउँदै उनले ललितपुरको महिला कारागारको निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई समेत अघि बढाएको उनको भनाइ छ।

यो पनी पढौ:थप कोरोना ३२३ जना,कुल संक्रमितको संख्या ४०८५ जना पुग्यो।
उर्जा,जलस्रोत तथा सिचाइमन्त्री वर्षमानपुन मगर’अन्नत’ले आगामी आर्थिक वर्षभित्र करिब १ हजार ३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइन थप्ने
नापि कार्यलय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरुद्ध ५ करोड भ्रष्टचार मुद्धा
उर्जा,जलस्रोत तथा सिचाइमन्त्री वर्षमानपुन मगर’अन्नत’ले आगामी आर्थिक वर्षभित्र करिब १ हजार ३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइन थप्ने
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar