भुमि फिर्ता ल्याउन काङ्ग्रेसको सहयोग रहन्छ:प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा


काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन् । उनले भने, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ।’

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै देउवाले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र कूटनीतिक प्रयासबाट फिर्ता ल्याउनेमा प्रमुख प्रतिपक्षी दलले समर्थन गर्ने र साथ दिने  प्रतिबद्धता जनाए ।

उनले कालापानी पूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको बताए । उनले भने, ‘सुगौली सन्धि १८१६ अनुसार काली नदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि स्पष्ट छ र चिनियाँ नक्सामा पनि कुटियाङ्दी भन्ने उल्लेख छ । त्यसको अर्थ काली नदी भन्ने हुन्छ । काली नदी पूर्वको भाग नेपालको हो भन्ने स्पष्ट छ र दुईमत छैन ।’

काँग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारको संशोधन विधेयको समर्थन गर्ने निर्णय गरेको पनि पूर्वप्रधानमन्त्री देउवाले जानकारी दिए । सबै राजनीतिक दलहरूबीच संविधान संशोधनको विषयमा एकता देखिनुले सकारात्मक सन्देश गएको देउवाको भनाइ छ। 

यो पनी पढौ:‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
सरकारले ऐतिहासिक निर्णय सम्पुर्ण नेपालीलाइ गर्वको कुरो,अब निशान छापमै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा
सरकारको हिसाव :कोरोना उपचार ,नियन्त्रण, उपचारमा हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar