तनहुमा २५ थप कोरोना (तमुवान मगरात) गण्डकी प्रदेशमा थप ५८ जना,कुल संक्रमितको सख्या ४३८ जना पुग्यो।

कोरोना भाइरस अपडेट

पोखरा । (तमुवान मगरात) गण्डकी प्रदेशमा ७ जिल्लामा एकै दिन ५८ कोरोना संक्रमित थपिएका छन् । तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा र बागलुङमा गरी ५८ नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार तनहूँमा सबैभन्दा बढी २५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ऋषिङ गाउँपालिकाका २१ संक्रमित रहेका छन् । संक्रमित २१ जना नै पुरुष हुन् । संक्रमण पुष्टि भएकामध्ये १ वर्षे बालकसहित ३३ वर्ष उमेर समुका छन् । यस्तै तनहूँकै ब्यास नगरपालिकामा २४ र २८ वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको छ ।

नवलपुरमा आज १६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये बुलिङटार गाउँपालिकाका ११ जना रहेका छन् । संक्रमित सबै पुरुष हुन् उनीहरको उमेर समूह १७देखि ३८ सम्मको रहेको छ । यस्तै नवलपुरकै बौदीकाली गाउँपालिकामा ४७ वर्षिय एक पुरुषमा कोरोरोना पुष्टि भएको छ । मध्यविन्दु नगरपालिकामा २५ र ४५ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै विनयी त्रिवेणी गाउँपालिकामा २१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

देवचुली नगरपालिकामा १९ वर्षीय एक पुरुषमा गरि नवलपुरमा १६ संक्रमित थपिएका छन् ।

गोरखाको भीमसेन नगरपालिकामा ५ जनामा कोरोना पुष्टि भएको छ । २२ देखि ३८ वर्ष उमेर समूहका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस्तै म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । कास्कीको माँदी गाउँपालिकामा ४१ वर्षीय पुरुष र १९ महिनाकी बालिकामा समेत कोरोना पुष्टि भएको छ ।

स्याङ्जामा पालिका नखुलेका एक २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै बागलुङ काठेखोला गाउँपालिकाका ७ पुरुष र ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेकपा सचिवालय बैठक ९ बजे वस्दै
नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं,’ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्दै : गृहमन्त्रालय(पूर्णपाठ)
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar