नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं,’ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने बताएका छन्।

शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै प्रचण्डले नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गर्ने बताए।

‘नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छन्। नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं,’ उनले भने।

पछिल्लो समय मित्र राष्ट्र अमेरिकाले दिने भनेको अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अनुमोदन गर्ने कि नगर्ने बहस चलिरहेका बेला प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूलाई यस्तो बताएका हुन्।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नेपालले हस्ताक्षर गरेपछि दुई देशका विभिन्न तहमा भइरहेको सहकार्यप्रति खुसी व्यक्त गरे।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्दै : गृहमन्त्रालय(पूर्णपाठ)
थप संक्रमित ६७१ जना, कुल कोरोना संक्रमित सख्या ७८४८ जना पुग्यो (पुर्णविवरण सहित)
मगर संसारद्वारा आयोजित Tiktok डान्स प्रतियोगीतालाई म्याग्दीकी पुष्पाले पठायो रू.२२,०००/- आखिर किन?
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar