थप ३३१ कोरोना पुष्टी,कुल संक्रमितको सख्या ८,६०५ जना पुग्यो,मृत्युहुनेको सख्या २२ जना पुग्यो।

कोरोना भाइरस अपडेट

काठमाण्डौ: शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ।

कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्।शुक्रबारसम्म नेपालमा आठ हजार दुई सय ७४ कोरोनाका विरामी थिए।

कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको गौतमले बताए।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:भारत र तेस्रो मुलुकबाट आएका सिन्धुली स्थाइ ठेगना भएका थप २ कोरोना पुष्टी,
गोर्खा भर्तिकेन्द्र खारेज गर,नेपाल युवाहरुलाइ चिनविरुद्ध लड्न नपठाउ:नेकपा महासचिव विप्लव
नागरिकता विधेयकवारे गम्भिर छलफल गर्दै वालुवाटारमा नेकपा सचिवालय बैठक
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar