लागुऔषध ओसारपसार नियन्त्रण गर्न नया रणनितीका साथ लागेका छौं: माननिय गृहमन्त्री रामवहादुर थापामगर’वादल’


काठमाडौं। माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले लागुऔषध कारोवारमा संलग्नहरूले नयाँ मार्ग र विधिहरुको प्रयोग गरी तस्करीका गतिविधि बढाउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रभावकारी नियन्त्रणका लागि आवश्यक रणनीतिहरू अवलम्वन गरिरहेको बताएका छन्।

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा एक सन्देश जारी गर्दै माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ल प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सबैको सामूहिक प्रयास भने अपरिहार्य रहेको प्रष्ट पारेका छन्।

नेपालमा लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण कार्यलाई प्रमाणमा आधारित एवं सूचित नीति र कार्यक्रम मार्फत् सम्बोधन गर्नुपर्नेतर्फ मध्यनजर गरी सरकारले लागुऔषध प्रयोगकर्ताहरूको सर्वेक्षण गरेको छ।

सर्वेक्षणले तथ्याङ्कीय रूपमा महत्वपूर्ण सूचना दिनुका साथै नेपालमा लागुऔषध प्रयोगको पछिल्लो अवस्था चित्रण गर्ने विश्वास लिइएको गृहमन्त्रीको भना छ।

“लागुऔषध रोकथाम तथा नियन्त्रण सबैको साझा जिम्मेवारी भएको तथ्यलाई हृदयंगम गरी यस कार्यमा सम्बद्ध सबैको ऐक्यबद्धता तथा जागरुकताका लागि विशेष आव्हान गर्दछु”, गृहमन्त्रीले भनेका छन्।

लागू औषध दुरुपयोगको विश्वव्यापी रूपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्र संघ महासभाबाट घोषणा भई विगत तीन दशक अगाडीदेखि यो दिवस मनाउन थालिएको हो।

गृह मन्त्रालयबाट उपचार तथा पुनःस्थापना केन्द्र तथा अन्य सेवा केन्द्रहरुबाट सेवा प्राप्त गरिरहेका व्यक्तिहरूको दैनिक जीवनयापनमा कोभिड-१९ले पारेको प्रभाव न्यूनिकरणमा निरन्तर सहजीकरण भइरहेको जनाएको छ।

माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले “लागुऔषध रोकथाम तथा नियन्त्रण सबैको साझा जिम्मेवारी भएको तथ्यलाई हृदयंगम गरी यस कार्यमा सम्बद्ध सबैको ऐक्यबद्धता तथा जागरुकताका लागि विशेष आव्हान यस्तो छ।

तपाइलेDigital currency exchangersपढ्नुहोस।

यो पनी पढौ:नेकपा स्थायी कमिटाि बैठक चल्दै: यी ७ वटा एजेण्डामा स्थायी कमिटी सदस्यले विचार राख्दै
‘आगामी आर्थीक वर्षमा १५ सयमेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा थपिन्छ’ उर्जा,जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन मगर’अनन्त’
सरकारले आदिवासी जनजाती प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तिमगर नियुक्त
थप कोरोना ४३४ जना, कुल संक्रमितको संख्या ११,१६२ जना, निको हुनेको २६५० जना ,मृत्यु २६ जना पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar