भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्‍यो: नेकपा कार्यकारी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’


प्रचण्डले ओलीलाई भने- तपाईंको राजीनामा दिल्लीले होइन, मैले मागेको हो प्रधानमन्त्रीको प्रश्न- पार्टी बैठकमा भएका कुरा र नयाँदिल्लीका मिडियामा आउने कुरा कसरी ठ्याक्कै मिल्छन्?

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली  र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल भएको छ।

मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे।

बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए।

‘मदन जयन्तीका  दिन तपाईंले भारतविरूद्ध जे भन्नुभयो त्यसले पार्टीको प्रतिष्ठा गिरेको छ,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम गर्न सकिन्न।’

प्रचण्डले ओलीलाई  उनको राजीनामा दिल्लीले नभई पार्टीले माग्ने पनि बताएका थिए।

‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने।

प्रचण्डको यस्तो भनाइपछि प्रधानमन्त्री ओलीले नेकपाको पार्टी बैठकमा भएका कुरा र नयाँदिल्लीका मिडियामा आउने कुरा कसरी ठ्याक्कै मिल्छन् त भनेर प्रश्न सोधेका थिए।

बैठकमा अन्य नेताहरूले बोल्ने क्रम जारी  छ। यसअघि बोलेका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुरमा नेपाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीको आफूलाई हटाउन भारत लागेको छ भन्ने अभिव्यक्ति गम्भीर भएको बताएका थिए। उनीहरू तीनै जनाले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने माग गरेका थिए। 

पछिल्लो समय ओली-प्रचण्ड बीचको अविश्वास र तिक्तताले बढिरहेको छ। 

‘उहाँहरूबीच विवाद थियो भन्ने जगजाहेरै छ,’ उनले भने, ‘अहिले भने त्यो विवाद व्यक्तित्वको टकराव र तिक्ततामा परिणत भएको छ।’ 

यो तिक्तता र टकरावका पछि दुबै अध्यक्षका आ-आफ्नै ब्याख्या छन्।

गत मंसिर ४ गते दुई अध्यक्षबीच दुबैले मिलेर पार्टी र सरकार चलाउने सहमति भएको थियो। प्रधानमन्त्री ओलीले संसदको यो अवधिभर सरकारका काममा केन्द्रीत रहने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी चलाउने लिखित सहमति दुबै अध्यक्षले गरेका थिए। दुबैले त्यो लिखित सहमतिको साक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेका थिए।

त्यो सहमतिपछि पनि प्रचण्डले सरकारलाई राम्ररी नसघाएको, सार्वजनिक रूपमा सरकारको बचाउ नगरेको, गुटको भेला गरेर आफूविरूद्ध घेराबन्दी गरेको आरोप प्रधानमन्त्री ओलीको छ। 

प्रचण्डका आफ्नै असन्तुष्टि छन्।

त्यो लिखित सहमतिपछि पनि आफूलाई कार्यकारी अध्यक्षका रूपमा काम गर्न नदिएको, सार्वजनिक सञ्चारमाध्यममै गएर प्रधानमन्त्रीले आफूनै पहिलो नम्बरको अध्यक्ष रहेको र आफ्नै नेतृत्वमा पार्टी चल्ने भनेर दुई अध्यक्षबीच भएको सहमतिको मानमर्दन गरेको, पछि गएर पार्टी बैठक सञ्चालनसमेत आफूले मात्रै गरेकोजस्ता आरोप प्रचण्डले लगाएका छन्।

‘आफूले त्याग गरेर प्रधानमन्त्री ओलीलाई नै पाँच वर्ष सरकार चलाउने सहमति गरेपछि उहाँमा झनै अहंकार बढेको र उल्टो आफ्नो मानमर्दन गर्न थालेको भन्ने अध्यक्षको ठम्याइ छ,’ प्रचण्डनिकट एक नेताले सेतोपाटीसँग भने, ‘त्यो समहतिले दुई अध्यक्षबीच आपसी विश्वास बढाउला भनेको, झनै अविश्वासको नयाँ शृंखला सुरू भयो।’ 

पछिल्ला दिनमा पार्टीभित्रको शक्ति संघर्षमा प्रचण्ड र नेता माधवकुमार नेपाल एकातिर देखिएका छन् भने ओली अर्कातिर।

पार्टी सचिवालयभित्र निरन्तर गुट फेरिरहने वामदेव गौतम पनि प्रधानमन्त्री ओलीले आफूलाई धोका दिएको भन्दै केही दिनयता प्रचण्ड-नेपाल समूहमा उभिन पुगेका छन्।

पार्टीभित्र शक्ति संघर्ष चर्किँदै गएर गत वैशाख १७ गतेको सचिवालय बैठकमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। प्रचण्डले त प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी अध्यक्षबाट राजीनामा दिएर बालकोटमा आराम गरी बस्न सुझाएका थिए।

सचिवालयमा बहुमतमा देखिएको प्रचण्ड-नेपाल समूहलाई फुटाउन प्रधानमन्त्री ओलीले सो बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि वामदेव प्रधानमन्त्री ओलीतिर लागेका थिए। सचिवालयको बहुमत प्रधानमन्त्रीको पक्षमा गएको थियो। विवाद बिस्तारै मत्थर भएको थियो। 

त्यसपछि पनि प्रधानमन्त्री ओली र प्रचण्ड-नेपालबीच कुनै सहमति र विश्वासको वातावरण बन्न सकेको थिएन। अहिले त्यो असहमतिमा अरू विषय थपिएका छन्- एमसिसी र सरकारले कोरोनासँग लड्न मुलुकको नेतृत्व राम्ररी गर्न नसकेको आरोप।

प्रधानमन्त्री ओली एमसिसी परियोजना पारित गर्न ढिला गर्न नहुने पक्षमा छन्। अर्का अध्यक्ष प्रचण्ड परिमार्जन नगरी पारित गर्न नहुने अडानमा छन्। उनलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको समेत साथ छ।  

तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ४६३ जना,कुल संक्रमित १२,७७२ जना पुग्यो,मृत्यु २८ जना पग्यो
लागुऔषध ओसारपसार नियन्त्रण गर्न नया रणनितीका साथ लागेका छौं: माननिय गृहमन्त्री रामवहादुर थापामगर’वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar