प्रदर्शनमा जसपमा महन्थ ठाकुर,उपेन्द्र यादव र बाबुराम भट्टराइ लगायत नेताहरु उपस्थित


प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकका प्रावधानको विरोधमा प्रदर्शन गरेको छ।

मंगलबार दिउँसो माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शनमा जसपामा दुई अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भट्टराईलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए।बाजागाजासहित भएको विरोध प्रदर्शनमा उक्त नागरिकता विधेयक खारेजको माग गरिएको छ। प्रदर्शनपछि जनसभाको पनि आयोजना गरिएको छ।

जनता समाजवादी पार्टीले विवाह गरी विदेशबाट आउने महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विधेयकको प्रावधानमा आपत्ति जनाएको छ।२०६३ सालको नागरिकता कानुनले विवाह गरेर आएकी महिलाले चाहेमा नेपालको नागरिकता लिन सक्ने व्यवस्था गरेको थियो। जसपाले सोही व्यवस्थालाई नै अब पनि निरन्तरता दिनु पर्ने माग गरेको हो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले षड्यन्त्र गर्ने राजदूतलाई किन प्रधानमन्त्रीले स्पष्टिकरण सोध्न नसकेको भन्दै प्रश्न गरेका छन्।

नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएका थिए।मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले षड्यन्त्र गर्ने राजदूतसँग किन प्रधानमन्त्रीले स्पष्टिकरण नसोधेको भनेर प्रश्न गरेका हुन्।

‘प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ। त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न?’कोरोना महामारीलाई प्रधानमन्त्रीले गम्भीर रूपमा नलिएको भट्टराईको आरोप छ।

‘प्रधानमन्त्रीजी कहिले कुनै पार्टी फुटाउने विधेयक ल्याउनुहुन्छ। कहिले बेसुरसँग प्रतिनिधिसभामा हाच्छ्यूँ गरेर कोरोनालाई उडाइदिनुपर्छ भन्ने बेतुकका कुरा गरेर जग हसाउनुहुन्छ,’ उनले भने।भट्टराईले अंगीकृत नागरिकताको व्यवस्थामा महिला र पुरूषलाई समान अधिकार दिनुपर्ने बताए।

नागरिकताको एजेन्डा मधेशको मात्र नभएर सिंगो देशको भएको बताए। दोस्रो दर्जाका नागरिकका रूपमा कसैलाई पनि राख्न नहुने भट्टराईको भनाइ छ।
फोटोफिचर




तपाइलेDigital currency exchangers

यो पनी पढौ:भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्‍यो: नेकपा कार्यकारी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
जननेता मदन भण्डारीको जन्म जयन्ती: कम्युनिष्ट आन्दोलनका लोकप्रिय नेता
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar