नेपालको अति विपन्न राउटे समुदायलाई राहत वितरण गर्न पाउदा हामीलाई चरम आत्मासन्टुष्टी प्राप्त भएको छ ।


•नरेन्द्र थापा मगर
नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्ये एक हो राउटे जाति । जुन समुदायको अहिले सम्म पनि सामान्य मानिसहरू जस्तो व्याक्तीगत सम्पती जोडजाम गर्ने वा निजी सम्पत्ति छैन । आफूहरूलाई जंगलको मालिक ठान्ने नेपालका आदिवासी समुदायहरू मध्ये एक हुन राउटे समुदाय । जुन समुदाय आजसम्म पनि शिक्षा , स्वास्थ्य तथा रोजगारीको विषय भन्दा पर छन् राउटे समुदाय । त्यो समुदायमा खाद्यान्न सहित टेन्ट लिएर नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को राहत सामाग्री त्यस ठाउमा पुगेको छ ।सबै राउटे परिवार ( ५३ परिवार) लाई राहत वितरण गरिएको छ।हामी सवै सहयोगी मनहरूप्रती लाखौ लाख धन्यवाद व्यक्त गर्दछौ । विशेष गरी नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर , नेफिन गुराँस गाउपालिका र समन्वयात्मक भुमिकाको लागी नेफिन केन्द्र साथै विदेश विभाग ईन्चार्ज गोविन्द छन्त्याल ज्यू , गुराँस गाउँपालिकाका अध्यक्ष ज्यू प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

साथै देशको विभिन्न ठाउहरूमा खाद्यान्न राहत वितरण भईरहेको छ । सरिहा जिल्लाको कल्याणपुर नगरपालिका वडा . न १, ६० घर मुसर समुदायलाई अषाढ २२ गते वितरण गरीयो । दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा १. ५ मा ५३ परिवारलाई आषाढ २५ गते, धनकुटाको लेउती कोरिडोरका मजदुरहरूलाई ६५ परिवारलाई अषाढ २६ गते, मकवानपुरको राक्सिराँङ गाउपालिका वडा न ५ मा अषाढ २६ गते वितरण गरिदैछ । त्यस्तै सुनसरीको मधुवन कोशी टप्पु , कोशी गाउपालिकाका ४० परिवार मजदुरहरूलाई अषाढ २९ गते र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्न राहत वितरण गरीने छ ।प्रति परिवार परिवारलाई २५ किलो चामाल, २ किलो दाल , एक लिटर तेल र १ प्याकेट नुन का दरले वितरण गरीने छ । साथै उपत्यकामा प्रत्येक दिन ३०० जनालाई खाना वितरण गरीरहेका आज पाचौ दिन भयो यो क्रम अझै ३ दिन चल्नेछ । साथै उपत्यकामा रहेका घरबाहविहिनहरूलाई २० वटा त्रिपाल वितरण गरीएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वयमा स्थानिय गाउँपालिका , स्थानिय संघसंस्थाहरू , नेफिन शाखाहरू , फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्य गरीरहेका छौ ।

लोक चेम्जोङ
अध्यक्ष- फिप्ना
तपाइलेDigital currency exchangers

यो पनी पढौ:चित्रकला प्रतियोगितामा १९२ प्रतियोगीलाई पछि पार्दै बिजेता बने दैलेखका नबिन घर्ती मगर
थप कोरोना ११८ जना, कुल संक्रमितको संख्या १६,६४९ जना पुग्यो।
मैले देखेको मगर संघ शाखा युएई र हङकङ -भोजविक्रम बुडा मगर विद्यावारिधि शोधार्थी एवं नेपाल मगर संघका केन्द्रीय सल्लाहकार
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
नेकपा बहस: ओली :दुवै पद छाडदिनँ,अन्य विषयमा मात्रै छलफल गरौं/प्रचण्ड:एक पद रोजेर लिनुस्,बाकी छाड्नुस्।
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar