राष्ट्रिय मौलिक संरक्षण कौरा संरक्षण पत्रकारिता पुरस्कार तनहुका पत्रकार प्रताप राना मगरलाइ प्रदान


कास्की:राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार तनहूँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिएको छ । नेपाल मगर पत्रकार संघ कास्कीले बिहीबार पोखरामा आयोजना गरेको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनलाई पुरस्कार प्रदान गरे । पत्रकार रानाले पुरस्कारस्वरुप १० हजार रुपैयाँ नगद प्राप्त गरे ।

पत्रकार मगरलाई सम्मान गर्दै प्रदेश प्रमुख शेरचनले राज्यको चौथो अंग पत्रकार थप जिम्मेवार हुनुपर्नेमा जोड दिए । पत्रकार नै जिम्मेवार बन्न नसके राज्यका अन्य अंगहरु काम नलाग्ने भन्दै राज्यका सबै निकायलाई निष्पक्ष रुपमा खबरदारी गरिरहनुपर्नेमा उनको जोड थियो । नेपालको मौलिक संस्कृति कौरा संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिंदै शेरचनले यसमा सञ्चार जगतले पनि विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कौरा निकै प्रचलित र पूरानो संस्कृति भएकाले यसको संरक्षणसहित नयाँ युवा पुस्तालाई बुझाउनुपर्नेमा जोड दिए । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालद्वारा स्थापित यो पुरस्कारले कौराको संरक्षणमा थप मद्धत मिल्ने उनको विश्वास थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङले कौरा संरक्षणका लागि सबै क्षेत्र अग्रसर हुनुपर्ने भन्दै यसमा सञ्चार जगतले विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याइन्।

पुरस्कृत पत्रकार प्रताप रानामगरले पुरस्कारले कौरा संरक्षण र पत्रकारितालाई थप सशक्त बनाए अघि बढाउन हौसला प्रदान गर्ने बताए ।

नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्र हितान मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक एमबी आस्था, आदिवासी जनजाति पत्रकार संघ गण्डकी संयोजक हुमबहादुर गुरुङ, मगर संघका केन्द्रीय सदस्य खेम पुन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपाली, राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका उपाध्यक्ष तारामाया थापा, मगर पत्रकार संघ कास्कीका सदस्य मीना थापा मगर, सञ्चारकर्मी हर्क आले लगायतले बोलेका थिए ।

मगरलाई पुरस्कार पूदान गर्नका लागि नेपाल मगर पत्रकार संघका केन्द्रीय कार्यवाहक अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा ६ सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको थियो ।

समितिका सदस्यहरूमा राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका उपाध्यक्ष एबम् नेपाल मगर संघ प्रदेश समिती (गण्डकी) तमुवान मगरात प्रदेशको उपाध्यक्ष :तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर, संघका सहसचिव सुरज थापा मगर र कार्यसमिति सदस्य मीना थापामगर थिए ।

यस पुरस्कारबाट यसअघि नवलपुरकी कमला रानामगर र कास्कीका तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन् । पत्रकारिता मार्फत् गण्डकी प्रदेशकै मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको प्रवर्द्धनमा योगदान पुर्याउने एक जना मगर पत्रकारलाई प्रत्येक वर्ष पुरस्कारबाट पुरस्कृत गरिँदै आएको छ।

राष्ट्रिय माौलिक कौराहा संरक्षण समिति नेपालले मगरहरुकाे मौलिक संस्कृति मौलिक कौराहा (कानराहा)लाई मौलिकतामै जिबित राख्ने उद्धेश्यले मौलिक कौराहा पत्रकारिता पुरुषकार स्थापना गरिएकाे हाे।

तारामाया थापा मगर
उपाध्यक्ष
राष्ट्रिय मौलिक कौराहा संरक्षण केन्द्रीय समिति
राष्ट्रिय माौलिक कौराहा संरक्षण समिति नेपालले मगरहरुकाे मौलिक संस्कृति मौलिक कौराहा (कानराहा)लाई मौलिकतामै जिबित राख्ने उद्श्यले मौलिक कौराहा पत्रकारिता पुरुषकार स्थापना गरियकाे हाे । र नेपाल मगर पत्रकार संध कास्किले बितरण गरेकाे याे पत्रकारिता पुरुषकार तेस्रो बर्ष पुरुषकार बितरण गर्न सफल भयकाे छ । मौलिक कौराहालाई अाधुनिक कौराहा र व्यबसायिक कौराहाले र पश्चिमी गित संगितले धप्क्कै ढाकिसकेकाे अबस्थामा कहि कतै गण्डकि प्रदेश भित्रै रहेकाे याे हाम्राे सबैकाे मन मुटुकमा सजिन सफल भयकाे कौराहा मौलिकता नै भुलेर अाधुनिकतामा सिमित रहेर भाेलि हाम्राे पुस्तालाई मौलिक कौराहा हस्तानतरण गर्न नसकिने पाे हाे कि भन्ने ठुलाे चिन्ता थियाे । हाम्राे बाउ बाजे जिजि बाजेहरुले सधै खैजडि बजायर गित गायर नाचेर हजारौ बर्ष बिताउनु भयाे तर अाफ्नाे मौलिक संस्कृतिलाई दस्वज गर्नु भयन । मलाई लाग्थयाेकि अब लिखित र भिजाेल गरि हामिले पनि याे कौराहालाई ईतिहासमा लेखियन भने पक्कै हाम्राे संस्कृति भाेलि गयर कुनै अरुनै देशकाे या कुनै अरुनै जातकाे मौलिक संस्कृति हुन पुग्छ हाेला हाम्राे सन्तानहरुले अाफ्नाे संस्कृति अाफ्नाे मौलिकता के हाे ?कुन चराकाे नाम हाे । थाहा हुने थियन हाेला हाम्रा बाउ बाजे हरु सधै रमाईलाे मात्रै गर्नु।भयाे खैजडि बजाउनु भयाे नाच्नु भयाे तर यसलाई दस्वज गर्नु भयन अाफ्नाे भागकाे अाहारा अरु कसैले खाेसि दिदा सम्म पनि थाहा नहुने हामी मगरहरु यति सम्मकाे ईमान्दार छम , तर धेरै धेरै प्रणाम छ हाम्रा पुर्खाहरुलाई यति राम्राे मौलिकता मौलिक संस्कृतिलाई हस्तानतरण गर्नु भयकाेमा लिखित नभयता पनि मौखिक हस्तानतरण गर्नु भयकाे छ । मौलिक कौराहा भनेकाे बार्हैमासे नचाउदैन गाउदैन माघे सक्रान्तिमा बाट सुरु भयर श्रवण सक्रन्तिमा सेलाउछ र मौलिक कौराहामा कहिल्यै पनि महिलाले गित गाउदैन। पुरुषहरुले गित गाउँछ अबिबाहित युवतिहरु नाच्ने चलन छ । बिज्ञहरुकाे भनाई अनुसार मौलिक कौराहा तनहूँकाे रिसिङ बाट उत्पत्ति भएकाे भन्ने गरिन्छ । राष्टिय मौलिक कौराहा संरक्षण समिति अादर्णिय दाइ बरिष्ठ संन्चार क्रमि एवं संस्कृति क्रमि हर्क हादुर अाले मगरकाे नेत्तृवमा गठन छ जीवन भरि भाषा र संस्कृतिलाई याेगदान दिनु भयकाे छ दाइ ले मौलिक कौराहालाई याहा संम्म ल्याउन दाईकाे ठुलाे देन छ । सम्पुण कार्य समितिकाे साथिहरुले अा अाफनाे ठाँउबाट महत्वपुण याेगदान पुर्याउनु भयकाे छ । अाद्णिय दाइ बरिष्ठ समाज सेबि संस्कृति क्रमि याम बहादुर अाले मगरकाे संयाेजकतमा बिज्ञ समूह छ । यहाकाे टिमलाई पनि सेलुट छ मौलिक कौराहालाई यहासम्म ल्यानलाई ठुलाे याेगदान छ । राष्टिय मौलिक कौराहा संरक्षण समिति नामक संस्था दर्ता सहित हामिले (मौलिक कौराहा ड्कुमेन्टि फिल्म ) पनि बनाउन सफल भयकाे छ मैले हरेक चाेटि भन्दै अायकी छु याे मौलिक कौराहा सम्बन्धि केही मौलिक संस्कृति सम्बन्धि युवा पुस्ताले बुझ्न चाहानु हुन्छ भने मौलिक कौराहा ड्कुाेन्टि फिल्म हेर्नू हाेला याे कौराहा कुनै मेला मौत्सबमा मा सम्पुण अथिति र जनमानसमा रमाईलाे गर्ने एउटा साधन मात्र नभई यस भित्र पनि मगर हरुकाे रहन सहन मगरहरुकाे सभ्यता मगरहरुकाे संस्कृति जाेडीयकाे छ । त्यसैले त मगरहरु भाषा र संस्कृतिमा धेरै धनी छ हाम्राे नयाँ पुष्तालाई के अाग्रह गर्दछु भने हाम्राे संस्कृति हाम्राे सभ्यतालाई कहिल्यै नभुल्नु हाेला भाषा संस्कृति रहे हामी रहने हाे । हामी रहे देश रहने हाे मौलिक कौराहा भनेकाे गण्डकि प्रदेशकाे मुख्य सम्पति हाे प्रदेश सरकारलाई पनि म अनुराेध गर्दछु । मगर समुदायमा रहेकाे याे मौलिक कौराहालाई सरक्षण गर्न सरकारकाे कर्तव्य हाे एउटा सामाजिक संस्थाले मात्र केही हुदैन भाषा संस्कृति रहे हामी रहने हाे हामी रहे देश रहने हाे ।त्यसैले सरकारकाे पनि ध्यान जावस यता तिर बहुभाषा बहु संस्कृति बहु धार्मिक भयकाे साझा फुलबारि भन्ने तर कथित जातकाे संस्कृतिलाई मात्र सरकारकाे लगानि हुने तर यस्ता संस्कृति तिर पनि अब पक्कै लगानि हुन पर्छ सरकार दस्वजकाे रुपमा हामिले केही पहल कदम चालेकाे मात्र हाे तर कर्तव्य सरकारकाे हाे याे सब संस्कृति सरकारकाे सम्पति हाे । मगरहरुकाे सास्कृति चाडकाे अबसर पारेर यस बर्ष पनि पत्रकारिता पुरुषकार जुझारु पत्रकार कान्तिपुर।टेलिभिजनकाे संबादाता र फाेनिज तनहुकाे अध्यक्ष प्रताप राना भाईलाई यसपालिकाे पुरुपकार प्रदान गर्न पाउँदा ज्यादै खुसि छम हामी मौलिक कौराहा टिम र नेपाल मगर पत्रकार कास्किकाे टिम छनाेट समितिकाे संयाेजक अादर्णिय Mb अास्था मगर दाइ रुद्रभाइ कास्की जिल्ला अध्यक्ष रुद्र हिताङ दाइ मिना बहिनी सबैलाई धन्यबाद यस पुरुषकार रासि।रकम प्राप्त गर्नु हुने युके।निवासि देवि अाले दिदीलाई धन्यबाद प्रमुख अतिथि विशेष अतिथि सहभागी मौलिक कौराहा टिम नेपाल मगर पत्रकार संघ टिम सम्पुणलाई धन्यबाद दिदै प्रताप भाईलाई हार्दिक बधाई साथै युगै युग सम्म मौलिक कौराहा पत्रकारिता पुरुषकार बितरण गर्न पाम भन्ने शूभेक्क्षा सहित बधाई छ भाईलाई!

तपाइलेDigital currency exchangers

यो पनी पढौ:बाडी तथा डुवान व्यवस्थापनसम्वन्धी (जेसीआइएमफएम)लाइ भारतिय पक्षसँग वार्ता गर्न उर्जामन्त्री अनन्त’को कडा निर्देशन
आगामी “जनगणना-२०७८” मा “मगर समुदायको सवल” बिषयक भर्चुयल अन्तरक्रियात्मक सम्बाद कार्यक्रम सम्पन्न
मगर अभियान आफ्नो गति र विधिमा चालू:नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर
भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar