गृहमन्त्री ‘वादल’को कडा जवाफ ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, यसलाई परिवर्तन गर्नुपर्छ।


काठमाडाैं। माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन्। 

मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।
गृह मन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, “विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ।”
गृह मन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, “विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ।”
मन्त्री थापाले विपद् नेपालको मात्रै नभई अन्तर्राष्ट्रिय समस्या भएकाले विश्वले नै विपद्को सामना गरिरहेको बताए। उनले धनजनको क्षति हुनुको वस्तुगत कारण र आत्मगत कारण पत्ता लगाउनु जरुरी रहेको उल्लेख गरे। 
विपद् आउनुको महत्त्वपूर्ण कारण भनेको जलवायु परिवर्तन रहेको माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले औँल्याए। त्यसपछि केही मानवीय कारणसमेत रहेको उनकाे भनाइ छ।
अवैज्ञानिक र अव्यवस्थित बसोबासले पनि क्षति पुगेको माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’लको भनाइ छ। उनले विपद्का घटनामा तत्कालीनरूपमा उद्धार र दीर्घकालीनरूपमा पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड
दिए। रासस
तपाइलेDigital currency exchangers

यो पनी पढौ:बरमन बुढा मगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबीन रोकामगरले संघको झण्डा ओढाएर सम्मान श्रद्धाञ्जली अर्पन
थप कोरोना १४७ जना ,कुल संक्रमितको संख्या १८,२४१ जना पुग्यो, मृत्यु हुनेको संख्या ४३ जना पुग्यो।
गायक स्व.अरुण थापा मगरको स्मृतिमा ब्रहचारी त्रोक्छाकीलाइ प्रमुख अतिथी नविन रोका मगर द्धारा सम्मान गर्दै
बाडी तथा डुवान व्यवस्थापनसम्वन्धी (जेसीआइएमफएम)लाइ भारतिय पक्षसँग वार्ता गर्न उर्जामन्त्री अनन्त’को कडा निर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar