३०% मगर युवाहरुले लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशन जाडरक्सी छाेडिसके:नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ :अध्यक्ष नविन रोका मगर


काठमाण्डौ:”लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशनकाे बानी हटाऊ, स्वास्थ रहाैँ सभ्य समाजकाे निमार्ण गराैँ” भन्ने चेतनामुलक बक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघको प्रवक्ता नविन रोका मगरज्यद्धारा सम्मान सहित सम्पन्न भएको छ।
मगर संसार (magar sansar) photo gallery ग्रुप भित्र यही २०७७ साउन १७ गते शनिवार मध्यान्ह १२ बजे बाट सुरु हुने चेतनामुलक बक्तृत्वकला प्रतियोगिता २०७७ मा जजको भूमिकामा बस्नुहुने तिनै निर्णायक ज्यूहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो।
नतिजा सार्वजनिक कार्यक्रमकाे zoom live मा बाेल्दै कार्यक्रमकाे प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघको प्रवक्ता नविन रोका मगरज्यले अहिले 30% मगर युवाहरुले जाडरक्सी छाेडिसकेकाे जानकारी दिनुभयो।

“लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशनकाे बानी हटाऊ, स्वास्थ रहाैँ सभ्य समाजकाे निमार्ण गराैँ” भन्ने चेतनामुलक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र बिभजिन्न प्रतियोगिताहरु मध्य मगर लाफाहरूको चाहाना र भिन्न किसिमको प्रतियोगिताको माग अनुसार सबै उमेर समूहलाई सहभागी गराउने उद्देश्यले निम्न मिति र समयमा युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नुपर्छ? भन्ने शीर्षकमा भिडियो बनाई पोस्ट गर्नुपर्ने चेतनामुलक बक्तृत्वकला प्रतियोगिता २०७७ आयोजना गरिएकोले सम्पूर्ण मगर लाफाहरुमा सहभागि भई प्रतियोगिताको सोभा बढाई दिनुहुन हार्दिक अपील गरिएको थियो ।

भिडियो कन्फरेन्स हेर्न यो लिङ्क क्लिक गर्नुहोस

मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मगरहरु ,सबै पार्टी मोर्चामा गोलवन्द हुनपर्छ।राजनिती गर्न सिकाएको मगर संघले हो, पहिचान कुरो उठाएको मगर संघले हो।फाइदालिने काम राजनैतिक पार्टीले गरेको हो त्यसैले चाहियो भने मगरले संसार हल्डाउन सकिन्छ। मगर²फुटेर होइन जुटेर एकभएर लड्न सक्नुपर्छ। मगरहरु कुरो पार्टीला लाने हो पार्टीको कुरा मगर भित्र होइन। सामाजिक चेतना सगै राजनैतिक चेतनाको सबै मगरहरु हुनुपर्छ।मगरात हाम्रो घर हो जहाँ हाम्रो भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती ईतिहासले बास गर्छ अनि नेपाल हाम्रो देश हो । जहाँ हामी सबै जाति मिलेर बस्छौ र त नेपालले एउटा देशको हैसीयत प्राप्त गरेको छ ,एउटा मात्रै जातिले नेपालको देश बन्न संभव छैन त्यसैले राज्यले आजको दिनसम्म हाम्रो पहिचान, अस्तित्व र अधिकार खोसेर हामी रित्तै बाच्न बिवश छौ त्यो अधिाकार फिर्ता दिनु पर्दछ सबै नेपाली बराबर हुनुपर्दछ ।तपाइ एक पार्टीवाट अर्को पार्टीमा जान सक्नु हुन्छ फेर्न सक्नु हुन्छ। मगर मगर नै हो मगर फेर्न कुनैहालता फेर्न सक्दैन। हामी मगर नै हुन्छौँ न बाहुन हुन्छौँ,न क्षेत्री। सामाजिक परिवर्तन सगै राजनैतिक परिवर्तन – पार्टी विचार फरक भए पनी साझा मुद्धा मगरातमा एक हुनुपर्छ। मगरात पहिचान मेटाउनु हामीलाई मेटाउनु नेपाल मेटाउनु नै हो । त्यसैले जीवन मरणको यो अधिकार प्राप्तीको लडाईम मगरातका सम्पूर्ण बाहुन, क्षेत्री, दलित अन्य जातिहरु र संसार भरका मगरहरु यो मगरात आन्दोलन अभियानमा सहभागी भएर सहयोग गरेर आन्दोलन अभियान सफल पार्न तपाइ हामी एक हुनुको विकल्प नै छैन।तपाइ हामी दाया वाया फर्किन थालियो भने फुटाउ र राज गर निती अगाडी वडिरहेको छ हामिले बुझ्न जरुरी छ, मगरात पहिचान मागेर होईन लडेर पाईन्छ।विगतमा यो देशको निम्ती लडेका हौ, निरन्तर लडिरहनु पर्छ। मगर -मगर फुटेर होइन एक भएर आवाज उठाउन आबश्यक छ। यसरि नै मगर संसार(Magar Sansar) Photo Gallery ले मगरात आन्दोलन, मगरात पहिचानलाइ हरेक ढङ्गले क्रियाकलाप,मगर भाषा, धर्म,कला,संस्कार,संस्कृति पहिचानलाई सधै संरक्षण र सम्बर्धनको लागि अघि बढी रहेको र आवद्ध सामाजिक सञ्जालमा मगर समुदायको मगर संसार(magar sansar) photo gallery ग्रुपले खेलेको भुमिका मगरात प्राप्ती आन्दोलनको रुप भएको मगर संसार(magar sansar) photo gallery ग्रुप एडमिन परिवार सम्पुर्ण सदस्यलाइ कार्यक्रमको प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रीय समिति,अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघको प्रवक्ता नविन रोका मगरज्य विशेष धन्यवाद दिनुभएको छ।नेपाल मगर सघको महासचिव ज्ञानेन्द्र पुनमगर,वैदेशिक मगर संघ शाखा अध्यक्षज्युहरु, भाद्रि सस्था,आवद्ध सस्था लगाएत अग्रजव्यक्तीहरयले वोल्नुभएको थियो।
नतिजा सार्वजनिक कार्यक्रमकाे live मा बाेल्दै कार्यक्रमका बिशेश अतिथि तथा मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर ज्युले ७८ सालको जनगणनामा सबै एक भई ४० लाख मगरलाई एक बनाउन ग्रुपले प्रभावकारी भुमिका खेल्नु पर्ने सुझाव दिनु भयो।
नतिजा सार्वजनिक कार्यक्रमकाे अतिथि तथा मगर संघ शाखा युएईका महासचिव नयन घर्ति मगर ज्युले zoom live मा बाेल्दै मगर संसार ग्रुपका हरेक प्रतियोगिताहरु निकै सन्देश मुलक भएकाे र आगामी दिनहरूमा पनि राम्रो राम्रो कार्यक्रम ल्याउन र मगर समुदायलाई एक जुट बनाई राख्न ग्रुपलाई संघको तर्फबाट सुझाव दिनुभयो।
नतिजा सार्वजनिक कार्यक्रमकाे live मा बाेल्दै कार्यक्रमका बिशेश अतिथि तथा मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर ज्युले ७८ सालको जनगणनामा सबै एक भई ४० लाख मगरलाई एक बनाउन ग्रुपले प्रभावकारी भुमिका खेल्नु पर्ने सुझाव दिनुभयो।

शीर्षक:- युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नु पर्छ? भन्ने शीर्षकमा तीन मिनेट माथिको भिडियो बनाई पोस्ट गर्नुपर्ने।
प्रतियोगिता सुरु :२०७७ साउन १७ गते शनिवार मध्याह्न १२ बजे बाट साउन २१ गते बुधबार सम्म प्रतियोगिता मगर संसार(Magar Sansar) Photo Gallery भित्र भएको थियो।
बक्तृत्वकला प्रतियोगिताको नियमहरु यस्तो थियो
१) बक्तृत्वकला प्रतियोगितामा सबै उमेर समुहका मगर लाफाहरु सहभागि हुन सकिनेछ।
२) मगर भाषा र खस भाषा दुबै मान्य हुने।भाषा र मगर पोशाक अनिवार्य नहुने।
३) युबाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन?यसबाट बच्न के गर्नु पर्छ? भन्ने चेतनामुलक शीर्षकमा ३ मिनेट वा ३ मिनेट भन्दा बढिको भिडियो बनाई आफैले पोस्ट गर्नुपर्ने छ।
४) भिडियो बनाउँदा आफ्नो परिचय खुलाउनु पर्नेछ र पोस्ट गर्दा पनि नाम,ठेगाना,हालको बसाई लेखी एडमीनले दिइयको समय अवधि भित्र पोस्ट गरीसक्नु पर्नेछ।
५) भिडियो पोस्ट गर्ने समय २०७७ साउन १७ गते शनिवार मध्याह्न १२ बजेदेखी रातिको ९ बजे भित्र अनिवार्य पोस्ट गर्नु पर्नेछ।
६) भोटिंग समय ४ दिन अर्थात साउन २१ गते बुधबार मध्यान्ह १२ बजे सम्म मात्र रहने छ।
७) नतीजा like र जजको 50/50% को आधारमा सार्बजनिक हुनेछ। र प्रतियोगिताको मूल्यांकन श्याम राना मगर, सरला थापा मगर र मन मास्की राना मगरले गर्नु हूनेछ।
८) सबै like लाई सम्मान अंक दिइने ,share,मेंशन,tag, cmt सबै खुल्ला रहनेछ। मगर लाफाहरुलाई जोइन्ड गर्नुपर्नेछ।
९) नतीजा भोटिंग समय सकिएको ४ घण्टा पछि सार्बजनिक गरिने।
१०) प्रतियोगितामा कुनै बिबाद उत्पन्न भएको खण्डमा एडमिनको निर्णय नै अन्तिम निर्णय हूनेछ।
पुरस्कारहरु:-

✅ प्रथम :- रू.१०,०००/- + सम्मान पत्र
✅ दोस्रो :- रू.७,०००/- + सम्मान-पत्र
✅ तेस्रो :- रू.५,०००/ + सम्मान-पत्र
✅ सान्त्वना :- रू.३,०००/- + सम्मान-पत्र राखिएको थियो।
पुरस्कार प्रायोजकहरु
१) प्रथम पुरस्कार प्रायोजक : थमन नाइसा मगर – बागलूङ् ताराखोला गाउपालिका -१ माझखर्क, हाल बहराईन
२) दोस्रो पुरस्कार प्रायोजक:- इन्द्र राना मगर-आँबु खैरेनी -१ सत्रसय(रानागाऊ)बसाई दमौली,तनहुँ,हाल: ब्रुनाई
३) तेस्रो पुरस्कार प्रायोजक: सीजन रोका मगर – बागलूङ हाल कोरिया
४) सान्त्वना पुरस्कार प्रायोजक:- दिपेश मगर- दैलेख गुरास गाउपालिका -७, बसाई नेपालगंज हाल मलेशिया

संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

एडमिनहरु:-
१)राज लम्तरी मगर(बाग्लूङ्,हाल जापान)
२)रंजु बडकौली मगर( धादिङ)
३)मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
४)बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
५)Mb मगर(सिन्धुली,हाल दुबई)
६)आयुष्मा मगर(पाचथर)
७)एलिना थापा मगर(गोरखा,हाल जापान)
८)छिनिङ मगर( सुर्खेत)
९)प्रनिस आलेमगर(रामेछाप हाल ktm)
१०)नबीन मगर(नवलपुर)
११) सुनील मगर (सिन्धुली)
१२) तिर्शना झेंडी मगर(पाल्पा)
१३) सनम बुढा मगर(पूर्व रुकुम)
१४) लक्ष्मी थापामगर (चितवन)

समस्त मगर संसार(Magar Sansar) Photo Gallery
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ कडा निर्देशन
निती,कार्यक्रम तथा योजनाको लक्ष्य सगै कार्यशैलिमा सुधार गर्न मातहतका निकायलाइ गृहमन्त्री रामवहादुर थापा मगर’वादल’को कडा निर्देशन
भ्रम नछरियोस्,मैले अध्यक्ष कमरेड ‘प्रचण्ड’को आलोचना गरेको छैन, त्यो दूराशययुक्त समाचार हो।’ भिम रावल



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar