भ्रम नछरियोस्,मैले अध्यक्ष कमरेड ‘प्रचण्ड’को आलोचना गरेको छैन, त्यो दूराशययुक्त समाचार हो।’ भिम रावल


काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा.भीम बहादुर रावलले हिजोको स्थायी कमिटी बैठकमा आफूले बोलेको कुरालाई गलत रुपमा प्रचार गरिएको टिप्पणी गरेका छन्।

बुधबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। हिजोको बैठकमा तपाईले प्रचण्डको आलोचना गर्नुभएछ ? भनेर सोधको प्रश्नमा रावलले भने, ‘गलत। त्यो पूर्ण रूपमा गलत। त्यो दूराशययुक्त समाचार हो।’ तपाईले हाम्रो टाउको देखाएर बार्गेनिङ गर्ने र पदको भागबण्डा गर्ने अध्यक्ष प्रचण्डको कदमलाई म साथ दिन्न भन्नुभएको थियो अरे नि ? भनेर धमलाले राखेको अर्को प्रश्नमा उनले भनेका छन्, ‘त्यो शब्द मेरो मुखबाट निक्लेको पनि छैन। त्यो कुरा कसले बाहिर प्रेसित गरेको हो, तिनीहरू नै विखण्डनकारी र समस्याको जड हुन्।’

उनले आफूले हिजोको बैठकमा विधि, प्रणाली, पार्टीलाई एकताबद्ध बनाइराख्नका लागि विचार राखेको स्पष्ट पारे। उनले भने, ‘हामीले धेरै लामो समयदेखि प्रयास गर्दै आएका छौँ। हामी यो पार्टी विखण्डन नहोस्, पार्टी प्रभावकारी होस् भन्ने कुरालाई ध्यानमा राखेर बैठकको आरम्भमा नै पार्टीको समीक्षा हुनुपर्छ, एमसीसीप्रति निर्णय हुनुपर्छ भन्यौँ। तर कतिपय व्यक्तिहरूले के भने भन्दा यो केवल पदका लागि झगडा हो। अहिले हामीले जुन विधिको कुरा उठाइरहेका छौँ, यिनीहरूले पार्टी फुटाउन खोजिरहेका छन् भनेर ठ्याक्कै उल्टो प्रचार गर्न खोजेका होलान्।’

रावलले भने, ‘मैले हिजोको बैठकमा के भनेको थिएँ भने हामी यो पार्टीलाई बलियो, एकताबद्ध बनाउन चाहन्छौँ, यो कुनै पदको झगडा होइन। यद्यपि हामी एउटा नीतिमा जाँदाखेरि त्यहाँ पदको प्रसंग पनि आउला, त्यो बेग्लै कुरा हो। तर हाम्रा यी प्रयासहरूलाई केवल पदका लागि मात्र हो भन्ने यदि कसैले बाहिर सन्देश दिन खोेजेको छ भने त्यो पूर्ण रूपमा गलत हो। हाम्रो नीति, सिद्धान्त, विधिको कुराबाट अरूको अन्यत्र मोडेर यो पदका लागि मात्र हो भनेर जुन कुरा गरिएको छ, त्यो होइन, त्यो गलत हो।’

वामदेव गौतमले पार्टी एकताका निम्ति राखेको ६ बुंदे प्रस्तावप्रति लक्षित गर्दै रावलले भने, ‘त्यसैगरी वामदेवजीले पनि प्रस्ताव राख्नुभएको थियो। मैले त्यस सन्दर्भमा के भनेको थिएँ भने हामी पार्टी एकताबद्ध बनाउन प्रयास गर्छौँ, कसैले त्यसमा अग्रसरता देखाउँछ भने त्यो नराम्रो कुरा होइन, राम्रो कुरा हो।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:युवाहरु किन दुर्वेसन तथा कुलतमा फस्छन? यसबाट बच्न के गर्नुपर्छ? चेतनामुलक कार्यक्रमबारे महत्त्वपूर्ण सूचना
स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न,प्रधानमन्त्री ओलीले वैठक विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष
गृहमन्त्री ‘वादल’को कडा जवाफ ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, यसलाई परिवर्तन गर्नुपर्छ।
बर्मन बुढा मगर प्रती श्रद्धाञ्जली:उपराष्ट्रपती पासाङले राष्ट्रिय झण्डा, प्रचण्डले पार्टीको झण्डा र नविनले मगरको झण्डाले गरे सम्मान(तस्विर सहित)



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar