स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न,प्रधानमन्त्री ओलीले वैठक विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको छ ।

यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।

आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्षतामा वैठक सुरु
    बरमन बुढा मगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबीन रोकामगरले संघको झण्डा ओढाएर सम्मान श्रद्धाञ्जली अर्पन
    बरमन बुढा मगरको पार्थिव शरीर माथी नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबीन रोकामगरले संघको झण्डा ओढाएर सम्मान श्रद्धाञ्जली अर्पन
    थप कोरोना १४७ जना ,कुल संक्रमितको संख्या १८,२४१ जना पुग्यो, मृत्यु हुनेको संख्या ४३ जना पुग्यो।



    मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar