गृह मन्त्रालयको कडा निर्देशन: मातहतको निकायलाइ जोर विजोर प्रणाली र माक्स लगाउने कार्यलाइ कडा गर


काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सोको रोकथाम र नियन्त्रणका लागि जोर बिजोर प्रणाली र मास्क लगाउने कार्यलाई अझ कडाइ गर्न आफ्ना मातहतका निकायमा निर्देशन गरेको छ ।

आइतवार राति जारी विज्ञप्तिमा भनिएको छ, ‘यातायातमा जोर विजोर प्रणालीको पालना गर्ने गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने लगायतका निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन समेत पटक पटक निर्देशन र परिपत्रहरु भएका छन् ।’

मन्त्रालयले मापदण्डहरुको पूर्ण पालना गर्ने गराउने कार्यमा आम नागरिकबाट सक्रिय र सकारात्मक सहयोग अपेक्षा पनि गरेको छ ।

त्यसैगरी देशभरका सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुबाट प्राप्त रिपोर्टमा हालसम्म मास्क प्रयोग नगरी हिड्ने करिव ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको विञप्तिमा जनाइएको छ ।

त्यस्तै अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिव १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको छ भने हालको जोर विजोर प्रणाली पश्‍चात सो प्रणाली विपरित सवारी चलाउने करिव ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ ।

गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिको पूण पाठः–

तपाइलेDigital currency exchangers

यो पनी पढौ:थपकोरोना ३७९ संक्रमित, कुल संकरमितको सख्या २२,५९२ जना पुग्यो।
३०% मगर युवाहरुले लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशन जाडरक्सी छाेडिसके:नेपाल मगर संघ तथा अन्तर्राष्ट्रिय मगर महासंघ :अध्यक्ष नविन रोका मगर
माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाइ कडानिर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar