थप कोरोना ७०७ जना,कुल संक्रमितको संख्या जना २९,६४६५ जना पुग्यो भने मृत्यु हुनेको संख्या १२६ जना पुग्यो।


काठमाडौं- पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

यो सहित नेपालमा हालसम्म १७ हजार ९ सय ६४ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ। 

काठमाडौं उपत्यकामा बिहीबार २०० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना छन् भने ८ हजार ८३ छ। ३ हजार ४ सय ७२ जना होम आइसोलेसनमा छन्। 
त्यस्तै विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ।

विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ६५ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। त्यस्तै हालसम्म मृतक १२६ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:चितवन भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १२१ पुग्यो
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’
गृहको कडानिर्देशन प्रमुख जिल्ला अधिकारीहरुलाइ,’ कोभिड -१९’ सुरक्षा मापदण्ड अनुगमन टोली बनाएर साप्ताहिक कार्य प्रगति पठाऊ



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar