मगरात आन्दोलन र मगर युवाहरुको सवालका विषयमा प्रशिक्षण कार्यक्रम अध्यक्ष नविन रोका मगर प्रमुख अतिथी हुदै


काठमाडौं । मगरात आन्दोलन र मगर युवाहरुको सवालका विषयमा प्रशिक्षण कार्यक्रम हुने भएको छ। नेपाल मगर युवा संघको नियमित संवाद श्रृंखला अन्तर्गत भदौ १० गते बुधबार दिउँसो पौने ३ बजेदेखि बेलूकी ६ बजेसम्म ‘मगरात आन्दोलन र मगर युवाहरुको सवाल’ विषयक भर्चुअल प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष जयप्रकाश बुढामगरले जानकारी दिए ।

नेपाल मगर युवा संघ केन्द्रिय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर ज्यु प्रमुख अतिथीमा हुनेभएकाछन् । उनका साथै उपाध्यक्ष गंगा खासुमगर, संगठन सचिव जगत रेश्मीमगर र विदेश सचिव रक्षबहादुर रैकामगर अतिथी वक्ता छन् ।साथै नेपाल मगर सघको महासचिव ज्ञानेन्द्र पुनमगर भने विषय प्रतोतामा रहनेछन्।

मगर युवाहरुलाई मगरात आन्दोलन र यसको वर्तमान तथा भविष्यका विषयमा सचेत गराउन प्रशिक्षणको आयोजना गरिएको हो । जुममार्फत हुने भर्चुअल कार्यक्रमको नेपाल मगर युवा संघको फेसबुकबाट लाइभ समेत हुनेछ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:गृहमन्त्रालयको निर्देशनमा स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार गर्नेलाइ कार्वाही:४७ जिल्लामा निषेधाज्ञा
लिदीमा पहिरोले ११ जनाको शवफेला पर्‍यो,राहत लिएर गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ घटना स्थलमा
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar