प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिएसओ (पर्सनल सेक्यूरिटी अफिसर)का रुपमा कार्यरत नरेशराज सुवेदीलाई रोल्पा सरुवा गरिएको छ । सुवेदीसहित १४ जिल्लाका डीएसपी फेरिएका छन् ।
काठमाडौं उपत्यकाको महानगरीय प्रहरी वृत्त जगातेमा राजेश थापा र महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । बोहराले यसअघि पनि महानगरीय प्रहरी वृत्त सिंहदरबारको कमाण्ड गरेका थिए । एकजना डिएसपीले दुईपटक उपत्यकाको वृत्त इन्चार्ज बन्न नपाउने नियम यसपटक तोडिएको छ । बोहरा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका आफन्त हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टाराई, पाँचथरमा दानबहादुर थापा, बाजुरामा मदनजित महरा, डडेल्धुरामा महेन्द्र नेपाल र जुम्लामा माधवप्रसाद काफ्लेलाई सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सुनिल मल्ललाई पठाइएको छ । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए । 
प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा लिष्ट






तपाइलेDigital currency exchangers

यो पनी पढौ:हङकङको महावाणिज्य दूतमा उदयबहादुर राना मगर र ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्ति
दर्शन,वर्गसंघर्ष र सामाजीक क्रान्तीको सम्बन्ध अध्यक्ष प्रचण्ड
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar