देशैभर १२ जनाको मृत्यु,मृतको संख्या २५१ जना पुग्यो।


काठमाडौं । देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो । 

 बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । 
यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ । 

यसैगरी बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । 
यसैगरी  आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै लसम्म देशभर कोरोना निको हुनेको कुल संख्या २३ हजार २९० पुगेको छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशैभर थप कोरोना ३२० महिला,८०० सय पुरुष गरी ११२० जना ,कुल संक्रमित ४१,६४९ पुग्यो
मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन भर्चुअल संवाद कार्यक्रम अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष: नविन रोका मगरको प्रमुख आतिथ्यतामा हुदै
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar