देशैभर थप कोरोना ३२० महिला,८०० सय पुरुष गरी ११२० जना ,कुल संक्रमित ४१,६४९ पुग्यो


बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

उनका अनुसार आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । 
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् । 

यसैगरी बितेको २४ घण्टामा  १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:भक्तपुरमा पौडी खेल्ने क्रममा बेपता भएका पुरुषको शव फेला
अन्तर्रास्ट्रिय मगर महासंघद्धारा आयोजित मगर जाती,संगठन, आदिवासी जनजाती अधिकार सम्बन्धी भर्चुअल विचार गोष्टी सम्पन्न (पुराभिडियोसहित)
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar