प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मनत्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् । 

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले सम्हाल्नेगरी जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी  खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ ।
संवैधानिक व्यवस्थाका कारण खतिवडाले पदबाट आज राजीनामा दिएका थिए । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि ६ महिना उनी संवैधानिक व्यवस्था अनुसार मन्त्री पदमा आसीन थिए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
राम जर्घा मगर भन्ने नर बहादुर जर्घा मगरद्वारा मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ मगरात प्रदेश ५ समितिमी गम्भिर ध्यानाकर्षण
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar