एसपी रविराज र डिएसपी ज्ञानकुमार महतोसहितको प्रहरीलाइ कारवाही गर्न गृहको नि‌र्देशन


रौतहट । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।  ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ । 

छानविन समितिको सिफारिसका आधारमा एसपी खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले रामगरात नेपाललाई जानकारी दिएको छ।  ‘प्रहरी नियमावलीअनुसार एसपी, डिएसपी र अन्य प्रहरी कर्मचारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएका छौं’ सह–सचिव बुढाले भने–‘तीन जना प्रहरीलाई यसअघि नै निलम्बन गरिएको छ ।’ 

रौतहटका तत्कालिन एसपी खड्का र गरुडाका डिएसपी महतोलाई जिम्मेवारीबाट हटाइएको छ । विजयरामलाई हिरासतमा यातना दिने जिल्ला प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर नविनकुमार सिंह, हवल्दार मुन्नासिंह र धिरोज मियाँ धुनियाँलाई यसअघि नै निलम्बन गरिएको थियो । घटनामा संलग्न प्रहरी जवानहरु रुपेश कुश्वाहा र अजय यादवलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ । 

‘साथी हत्या अभियोग’मा साउन ३२ मा पक्राउ गरिएका विजयरामलाई अनुसन्धानको नाममा हिरातमा यातना दिएको छानविन समितिको ठहर छ ।  यातनापछि नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएका विजयरामको भदौ १० मा मृत्यु भयो । उनको मृत्युपछि परिवारले आन्दोलन चर्काएपछि गृह–मन्त्रालयले छानविन समिति गठन गरेको थियो । 

साउन ३१ मा गरुडा–८ का २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले स्थानीय शेख आजाद, २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक राययादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र पासवान र विजय राम चमारलाई पक्रेको थियो ।  

साउन ३२ मा पक्राउ गरेर उनिहरुलाई ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको थियो ।  सर्च फलफुल नर्सरीमा एक महिलासँग अनैतिक सम्बन्धमा रहेका निरञ्जनलाई सधैको लागि हटाउन शेख अजादलाई ‘सुपारी’ दिइएको थियो । तर, नर्सरीको आर्थिक प्रलोभनमा परेर प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर हिरासतमा राखेर अनुसन्धानको नाममा यातना दिएको स्थानीयको आरोप छ । 

गृह–मन्त्रालयले भदौं १३ मा गठन गरेको छानविन समितिले एसपी खड्काले समग्रमा कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप लगाएको छ । एसपी खड्काको आदेशमा जिल्लाबाट गरुडा आएका इन्सपेक्टर नविनकुमार सिंह सहितका प्रहरीले विजयरामलाई हिरासतमा यातना दिएको छानविनबाट थाहा भएको छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:भक्तपुर सुर्यविनायक घलातेमा दुर्घटनावाट १कप मृत्यु, २ जना घाइते
नेकपा सचिवालयको वैठक पेरिसडाडाम वस्दै संवैधानिक रिक्त पद ,संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठनमा छलफल हुने


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar