प्रदेश ५ : नाम लुम्बिनीको चौथर्फी विरोध, ५ प्रदेशको नामाकरण मगरात गर्न संयुक्त प्रेस बिज्ञप्ति


काठमाण्डौ: नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।”५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मगरहरु ,सबै पार्टी मोर्चामा गोलवन्द सहित पहल र अाव्हान गरेको छ।संयुक्त मगर मञ्च नेपालले प्रदेश नं. ५ को नाम मगरात सहितको राख्न माग गरेको छ । शनिवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाल मगर संघ केन्द्रीय समिती, संयुक्त मगर मञ्च नेपाल र मगरात संघर्ष समितीलेे यस्तो माग गरेको हो ।
‘पार्टीहरुको चुनावी घोषणपत्र बमोजिम हामीलाई दिएको लिखित/मौखिक प्रतिवद्धता बमोजिम अहिलेको ५ नम्बर प्रदेशको नामाकरण गर्दा लुम्विनी( खोला/नदिनाला/जंगल)को नामबाट नगरी,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रको सबैभन्दा ठूलो उत्पीष्टि समुदाय मगरहरुको आदिम भूमि र आधुनिक नेपालको प्राचीन सभ्यता भएको हुनाले इतिहारको सम्मानार्थ पनि मगरात नामाकरण गर्न जोडदार माग गर्दछौं ।’
नेपाल अन्तरिम संविधान २०६३ तत्कालिन संविधान सभा( २०६४) मा रहेका दलहरुद्धारा सहमती गरिएको पहिचान र सामार्थ्यको आधारमा १४ प्रदेशको जगलाइ नेपाल सरकार र नेपाल आदिवासी जनजाती महासंघको विचमा भएका सहमती २०६४ महासंघको २० वुदे (२०६४ साउन २२ गतेको ९ वुदे २०६९ जेष्ट ९ गतेको सहमती अनुसार सम्झौताको आधारमा मगरात नामाकरण जोडदार माग गर्नुभएको छ।
आफूहरुको उक्त माग वेवास्ता गरिए ‘सशक्त आन्दोलन गर्ने’ चेतावनी पनि विज्ञप्तिमा दिइएको छ । त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति राज्य सरकार र प्रमुख राजनीतिक पार्टीहरु जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
‘हाम्रा यी न्यायोचित सवालको सम्बोधन नगरी बेवास्ता गर्ने काम गरियो भने यी सबै संघ/संस्थाहरु र मगरातवासी सबै जनताहरु सशक्त आन्दोलन गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जसबाट आइपर्ने सबैखाले समस्याको जवाफदेही स्वयं राज्य सरकार र प्रमुख राजनैतिक पार्टीहरु हुने समेत यसै प्रेस विज्ञपितमार्फन् सम्बन्धित सबैमा जानकारी गर्दछौं ।’
सो विज्ञप्तिमा नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगर, संयुक्त मगर मञ्च नेपालका संयोजक संयोजक भोजविक्रम बुढामगर र मगरात संघर्ष समितीको संयोजक वम दर्लामी मगरको हस्ताक्षर छ ।
त्यसैले एेतिहासिक मानब पहिचानको आधार र बहुसंख्यक मगरहरुको मानबिय अस्तित्व रक्षाका निम्ति प्रदेश ५ लाई मगरात नामाकरण गर्न माग गरिएको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगर ज्युको नेत्रित्वको टोलिले प्रदेश नंं ५ को नामाकरण मगरात हुनुपर्ने माग राख्दै नेपाल मगर संघले अधिराज्य चरणबद्धरुपमा विभिन्न कार्यक्रमहरु अन्तर्गत विभिन्न प्रदेश ,जिल्ला ,स्थानीय तहगत रुपमा मगरातको पक्षमा संकलन गरिएको पहिलो चरणको हस्ताक्षर जम्मा गरी २०७६ साल वैशाख २९ गते , नेपाल मगर संघले प्रदेश ५ को नाम ‘मगरात स्वायत्त प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर बुझाइसकेको छ।

एेतिहासिक विरासत वोकेको न्यपुर्ण मगलाइ ५ नम्बर ‌प्रदेशको नामंकन मगरात पहिचानको संवोधन हुने गरि प्रदेश सरकार अघि बढेको खण्डमा विकास र संवृद्धि संभव छ अन्यथा सामाजिक न्याय र समानता गरिने विद्रोह आन्दोलनमा जाने खतरा हुने र आनदोलन विद्रोह भएको खण्डमा सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूूर्ण जिम्मेवार स्वयम सरकार सम्वन्धी निकाय,राजनैतिक दलहुने कुराको स्मरण चेतावनी दिनुभएको छ।
विज्ञप्तिमा

साथैप्रदेश न ५ काे राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिएकाे छ ।  बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाएका छन् ।दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव गरिएकाे हाे ।
राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेका हुन् ।बैठकमा प्रस्ताव पेश भए लगत्तै सांसदहरुले आपत्ती जनाएका छन् ।नाम राजधानी सिफारिस समितिले प्रस्ताब गरेभन्दा फरक र कार्यसूचि पनि एक्कासी ल्याइएकाे भन्दै नेपाली का‌ग्रेसका रमा अर्याल,फकरुदिन खानले असहमति जनाएका छन् ।अबकाे अर्काे बैठक असाेज १९ गते बस्ने सभामुख पूर्णबहादुर घर्तीले बताए । राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागेको हो
तपाइलेDigital currency exchangers

यो पनी पढौ:राष्ट्रिय जनगणना र समसामयिक बिषयमा हुने गोष्ठीको प्रमुख अतिथी अन्तर्रास्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगर
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
मगर उत्थान समाजको सभामा: मगरहरु एकता भनेको नै मगर व्लडको रिलेशन हो:अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष:नविन रोका मगर
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
५ नम्बर प्रदेश मगरात प्रदेश सहितको नामकरणको सहयोग गर्न नेपाल मगर संघको सबैमा अनुरोध:


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar