काठमाण्डौ।१४३औं प्रथम सहिद क्या. लखन थापामगर स्मृति दिवस सयुक्त रुपमा सम्पन्न भएको छ। जहानिया राणा शासनको प्रमुख नाईके जंगबहादुर राणाको शासन विरुद्धमा आन्दोलन चलाउदा बि स १९३३ फाल्गुन २ गते (आज) दिन गोर्खाको बुन्कोट्मा खिर्राको रुखमा झुण्ड्याई मारिएका नेपालका प्रथम सहिद लखन थापा मगरलाई को १४३ औ स्मृति दिवसमा उँहा नेपाल मगर संघ र नेपाल मगर संघ प्रदेश नः३ (नेवाः ताम्सालिङ्गु मगरात) लगायत काठमाडौं उपत्यकामा क्रियाशिल संघ संस्थाहरु (भातृसस्थाहरु,उपत्यका (काठमाण्डौ,भक्तपुर,ललितपुर) जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु) श्रध्दा सुमन ब्यक्त गर्दै उहाको योग्दानको हार्दिक सलाम गरिन्छ ।जंगबहादुर राणाको शासन विरुद्धमा आन्दोलन चलाउदा बि स १९३३ फाल्गुन २ गते (आज) दिन गोर्खाको बुन्कोट्मा खिर्राको रुखमा झुण्ड्याई मारिएका नेपालका प्रथम सहिद लखन थापा मगरलाई को १४३ औ स्मृति दिवसमा उँहा नेपाल मगर संघ र नेपाल मगर संघ प्रदेश नः३ (नेवाः ताम्सालिङ्ग) लगायत काठमाडौं उपत्यकामा क्रियाशिल संघ संस्थाहरु (भातृसस्थाहरु,उपत्यका (काठमाण्डौ,भक्तपुर,ललितपुर) जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु) श्रध्दा सुमन ब्यक्त गर्दै उहाको योग्दानको हार्दिक सलाम गरिन्छ । साथै नेपालिजनताको मुक्तिका लागि आफ्नो ज्यान आहुति दिनुहुने महामानव बिरसपुतको सम्मानार्थ लखनलाई राष्ट्रीय बिभुति घोषणा गर्न, उनको जिवनी पाठ्यक्रममा राख्न, माघ १६ गते नगरेर फागुन २ गते राज्यले सहिद दिवस मनाउन, उनको तस्बीर सबै तहको सरकारी कार्यालयमा राख्न, लखन बिश्वबिद्यालय,राजमर्ग ,हस्पिटल खोल्न माग जोडदार माग गर्दछौ ।नेपालका प्रथम सहिद लखन थापा मगरलाई जयसिंह चुमी मगर, जुठ्या मगर, कालुराम गुरुङ्ग लगायत शहिदहरुको देश र जनताको खातिर विभिन्न स्वाभिमानपुर्ण आन्दोलनमा रगतकाे बलिदान दिनुहुने ज्ञात-अज्ञात शहिदहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। ।।।साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, गिरिराज मणि पोखरेल ज्युको प्रमुखआतिथ्यमा, विशेष अतिथी स्मृति शभालाई पूर्व माननिय मन्त्री अमरसिंह पुन मगर,मगर अन्तराष्ट्रिय महासंघ अन्तराष्ट्रिय समतीको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष एबम् आदिवासी जनजाती महासंघ संघिय परिषद्को उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर ज्यु,ईतिहासविद श्रीराम उपाध्य, अमरसिंह थापा प्रतिष्ठानका अध्यक्ष वावुरामसिंह थापा,नेपाल मगर संघ केन्द्रिय सल्लाहकार वमकुमारी बुढा मगर, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ गंगारमण उप्रेति लगायतले सम्बोधन गर्नुभएको थियो।नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष :- नविन रोका मगर प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको अध्यक्ष रुल बहादुर आले मगर सयुक्त ज्ञापनपत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री:- गिरिराज मणि पोखरेललाइ बुझाउनुभएको छ।
साथै नेपालिजनताको मुक्तिका लागि आफ्नो ज्यान आहुति दिनुहुने महामानव बिरसपुतको सम्मानार्थ लखनलाई राष्ट्रीय बिभुति घोषणा गर्न, उनको जिवनी पाठ्यक्रममा राख्न, माघ १६ गते नगरेर फागुन २ गते राज्यले सहिद दिवस मनाउन, उनको तस्बीर सबै तहको सरकारी कार्यालयमा राख्न, लखन बिश्वबिद्यालय,राजमर्ग ,हस्पिटल खोल्न माग जोडदार माग गर्दछौ ।नेपालका प्रथम सहिद लखन थापा मगरलाई लगायत देश र जनताको खातिर विभिन्न स्वाभिमानपुर्ण अान्दोलनमा रगतकाे बलिदान दिनुहुने ज्ञात-अज्ञात शहिदहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त कार्यक्रममा भब्य सब्य ढङ्गले सम्पन्न भएको छ।
मगर अन्तराष्ट्रिय महासंघ अन्तराष्ट्रिय समतीको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर ज्युले बिषेश सम्बोधन गर्दैभन्नुभयो निरंकुश जहाँनिया राणाशासन विरुद्ध पहिलोपटक लखन थापाले संगठित सशस्त्र विद्रोह गरी लोकतान्त्रिक अधिकारका लागि जनस्तरबाटै पहिलोपटक विद्रोह गर्ने क्रममा तत्कालीन राणाशासक जंगबहादुरको निर्देशनमा फागुन २ गतेका फाँसी दिइएको थियो । देश र जनताको मुक्तिका लागि आफ्नो प्राण आहुति दिने प्रथम सहिद लखन थापा मगरको सम्झनामा यो दिवस मनाएको तर यो राज्यले स्वयमले मनाउनु पर्ने हो तर किन मनाएन अझै विभेदकारि,यो सरकार नश्लिय प्रबृती भएको मगर अन्तराष्ट्रिय महासंघ अन्तराष्ट्रिय समतीको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष एबम् आदिवासी जनजाती महासंघ संघिय परिषद्को उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर ज्युले सम्बोधनमा बताउनुभयो । उहाले सम्बोधन गर्दै भन्नुभयो मन पर्ने मगरलाइ क्षेत्री बनाइयो मन नपर्नेलाइ तल्लो जात बनाइएको हो। आफनाे जाति, समूहकाे संस्कृति संग सम्बन्धित चाड पर्व, खानपान,स्थाननाम, मूर्तअमूर्त, संस्कृतिका नाम, स्थान, आदिकाे संकलन गर्ने कुरामा जोड
दिनुभएको छ।
प्रथम शहीद क्या. लखन थापा मगर प्रतिको भ्रम र यथार्थ
नेपाल राज्य र नेपाली राजनीतिका सबै दलहरुलाई थाहा छ कि क्याप्टेन लखन थापा मगर निरंकुश राणा शासनका विरुद्ध विद्रोह गरेर जंगे प्रधानमन्त्री जंगबहादुर राणाको गर्धनमा तरवार प्रहार गरेर सबै जनता र राष्ट्रको स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका खातिर जीवनकोे वलिदान दिने पहिलो नेपाली हुन् । विडम्बना दुई सय चार वर्षीय जहानिया राणा शासनको अन्त्य भएर २००७ सालमा प्रजातन्त्रको स्थापना भयो । २०१७ साल पछि ३० वर्ष सम्म एक तन्त्रिय पञ्चायती व्यवस्था चल्यो । २०४६ सालमा पञ्चायतको अन्त्य भइ देशमा पहिलो पटक संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना भयो । २०५२ फागुन १ गते देखि माओवादी शसस्त्र जनयुद्ध चल्यो द्धन्दको दश वर्षमा मुलुकमा धेरै धनजनको क्षति भयो र २०६२ मंसिर ८ गते तत्कालिन सात राजनैतिक दल र माओवादीको बीचमा १२ बँदे दिल्ही सम्मौता भई निरंकुश राजतन्त्रका विरुद्ध लोकतान्त्रिक गणतन्त्र प्राप्तिका खातिर संयूक्त जनआन्दोलन अगाडि बढ्यो । परिणाम स्वरुप २०६३ बैशाख ११ गते निरंकश राजतन्त्रले घुँडा टेक्न बाध्य भयो र मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो र नेपाली राष्ट्रिय राजनितिको रंगमञ्चबाट संवैधानिक राजतन्त्रको दीर्घकालिन अन्त्य भयो । नेपाली जनतामा खुशीयाली छायो । बहुजातिय स्वतन्त्रता, सामाजिक न्याय, सुसाशन, समृद्धि र बलियो सार्वभौम राष्ट्रियता सहितको वर्ग विभेद् नभएको उन्मुक्त समाजको उच्च आकांक्षा पैदा भएको थियो । पहिलो पटक जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको मुल कानुन मानिने संविधान लेख्दै गर्दा प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि ज्यानको बलिदान दिने शहीदहरुको उचित सम्मान, वेपत्ता योद्धाहरुको वास्तविक अवस्था सार्वजनिक गर्ने , घाइते अपाङ्ग भएको व्यक्तिहरुको गाँस बाँस, स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मा राज्यले लिने अपेक्षा आम जनतामा थियो । तर अपेक्षाकृत समान न्याय दिन राज्य असफल रह्यो । यसको परिणाम अमैm पनि मुलुकमा राजनितिक र सामाजिक मुक्ति संघर्षको तुष बाँकी रहन गयो । यति मात्र होइन यो गणतान्त्रिक राज्य र सरकारले प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्ने संस्थापक पिताहरु प्रथम शहीद क्याप्टेन लखन थापा मगर , किसान आन्दोलनका सम्रात भिमदत्त पन्त र क्रान्तिकारी किसान आन्दोलनको योद्धा कामी बुढा मगर लगायतका वीर सपुतहरुको बलिदान र योगदान प्रति उचित न्यायीक कदम चाल्नु पर्दथ्यो । यस मानेमा यो सरकार र राज्य पूर्ण रुपमा चुकेको छ । राज्यको आँखामा प्रजातान्त्रिक शहीद भनेर राणा कालका चार शहीदहरु घुमिरहदा उनीहरु भन्दा जेठा र बढी भन्दा बढी प्रजातान्त्रिक संघर्ष गरेका यी तीन सपुतहरुलाई बिर्सनु पक्कै पनि सामान्य भुल नभएर चिन्तनगत समस्या हो भने प्रमाणित हुन आउँछ । तसर्थ यो सानो समय सन्दर्भ लेख मार्फत नजिकै आइरहेको १४३ औ लखन स्मृति दिवसको सन्दर्भमा नेपालका प्रथम शहीद ती क्याप्टेन लखन थापाको बारेमा केही संक्षिप्त चर्चा गर्न वान्छनीय ठानेको छु ।
१. को हुन् लखन थापा मगर ?
तत्कालिन गोरखा जिल्लाको बुङकोट गा.वि.स. काउले गाउँका (वृटिसद्वारा सञ्चालित इष्ट इन्डिया कम्पनी)को गोरखा फौजका एक सिपाहीको छोराका रुपमा जन्मिएका व्यक्ति हुन् लखन थापा । उनको जन्म हुने बेला बुबा आर्मीमै कार्यरत थिए र बुबा आमासँगै भारतमा बसेर लखन थापा मगरले साधारण शिक्षा हासिल गरेका थिए । तत्कालिन अवस्थामा नेपालमा राणा खानदान बाहेक अरुले शिक्षा पाउँने व्यवस्था थिएन । त्यसैले उनको शैक्षिक यात्रा भारतबाट अगाडि बढ्यो । जब लखन थापा मगर युवा हुँदै गए उनका बुवा आमा र आफन्तजनले गोरखा सैनिकमा भर्ति हुन साह्रै जोड गरे । तर सानै देखि देश प्रेमी र राष्ट्रवादी उनले आफन्त र घरपरिवारको त्यो प्रस्ताबलाई अस्वीकार गरे र नेपाल फर्किए । त्यतिबेला इष्ट इन्डिया कम्पनी मार्फत वृटिस सेनाले नेपालका विभिन्न भु–भागहरु अतिक्रमण गर्दै आफ्नो साम्राज्य जमाउँदै आइरहेको थियो । त्यही वृटिस साम्राज्यवादबाट नेपालको सुरक्षा गर्नुपर्छ , मातृभुमि बचाउँनु पर्दछ भन्ने भावना जागेर क्याप्टेन लखन थापा मगर तत्कालिन राणाहरुद्धारा गठित राणा फौजमा भर्ति भए र बहादुरीपुर्वक विभिन्न मोर्चाहरु संहाले । उनको बहादुरीता र युद्ध चातुर्यता तथा उत्कृष्ट युद्ध कौशलको कारण छोटो समयमै सेनाको महत्वपूर्ण पोष्ट अर्थात एसालतको पहिलो कमाण्ड क्याप्टेनी दर्जा पाउन सफल भए ।
२. लखन थापा मगरले सेनाबाट विद्रोह किन गरे ?
क्याप्टेन लखन थापा मगर एक इमान्दार सैनिक मात्र थिएनन् उनी त्यति नै राष्ट्रवादी ,त्यति नै प्रजातन्त्र पे्रमी पनि थिए । त्यसैले उनले सोच्ने गर्दथे कि नेपाल राष्ट्र बचाउँनका लागि जस्तो सुकै लडाई पनि लड्नु पर्दछ तर आफ्नो राष्ट्रको रखवारी गर्दै गर्दा अन्य राष्ट्रको सार्वभौम अधिकार माथि कुनै पनि हस्तक्षेप हुनुहुदैन । तर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीसँग मिलेर भारतका विभिन्न ठाउँमा त्यहाँका जनताको सार्वभौम स्वतन्त्रता र वाक स्वतन्त्रता माथि दमन गर्न थाल्यो र त्यो अभियानमा क्याप्टेन लखन थापा मगरलाई पनि खटाउने काम ग¥यो । जंग बहादुर राणाको उक्त कदमले क्याप्टेन लखन थापा मगरलाई आफ्नो सैन्य पेशा प्रति असाध्यै खिन्नता लाग्यो । यति मात्र होइन उनी चाहान्थे एउटा देशका सबै जनताले गाँस , बास,स्वास्थ्य शिक्षाको अधिकार समान रुपले पाउँनु पर्दछ । चाहे जुन सुकै जात जातिको मानिस किन नहुन् सबैलाई राज्यले गर्ने व्यवहार समान होस् । तर देश त्यस्तो व्यवस्था थिएन । राणा र राजपरिवार बाहेक अरुलाई कुनै अधिकार दिइएको थिएन। नीति निमार्ण तहमा तत्कालिन राणाहरुले ब्राह्मण,क्षेत्री र ठकुरी बाहेक अन्य समुदायलाई निषेध नै गरेका थिए । यस्तो खाले विभेद सही नसक्नु थियो । तर राणाका विरुद्ध आवाज उठाउने वित्तिकै राणाहरुको ठाडो आदेशमा तत्काल मृत्युदण्द पाउँनु पथ्र्यो । यस्तै राष्ट्रघात हस्तक्षेप, राजनैतिक र सामाजिक विभेदपूर्ण नीति प्रति असहमति जनाउदै तिनै असमानताहरु तोडेर मुलुकमा ढिलो चाँडो समान प्रजातन्त्र , समान सामाजिक न्याय र समान सहअस्तित्व सहितको शासन व्यवस्था स्थापना गर्न भनी क्याप्टेन लखन थापा मगरले सैनिक सेवाबाट विद्रोह गरी तत्कालिन राज्यको विरुद्ध विद्रोही सेना गठन ग¥यो र आफुलाई विद्रोही सेनाको चिफ जनरल घोषणा ग¥यो । अनि गोरखा , धादिङ, नुवाकोट, कास्की र लम्जुङ्ग सम्मको भुगोललाई आफ्नो आधार इलाका बनाएर निरंकुश राज्यको विरुद्धमा सार्वभौम स्वतन्त्र राज्य स्थापना माग सहितको गतिविधि अगाडि बढाउँन थाल्यो । सानो तुकडीबाट शुरु गरेको फौजलाई वृद्धि गर्दै झण्डै २००० (दुई हजार) को संख्यामा पु¥याएका थिए । क्याप्टेन लखन थापा मगरको विद्रोहलाई दबाउन जंग बहादुर राणाले पटक–पटक आत्म समर्पण गर्न खबर पठायो। तर आफ्नो विचार उद्देश्य र स्वाभिमानमा दृढ संकल्पीत लखन थापा मगरले बारम्बार निम्न मगरहरु अगाडि सारेर ती मागहरु सम्बोधन नभई आफ्नो विद्रोह नरोक्ने खबर पठाए । क्याप्टेन लखन थापा मगरको मागहरु यस प्रकार थियो । (अ) हामी हाम्रो सार्वभौम स्वतन्त्रता जोगाउन जति कठोर र प्रतिबद्ध छौ त्यति नै लचिलो र प्रतिबद्ध दोस्रो मुलुकको सार्वभौम स्वतन्त्रता प्रति बन्न जरुरी हुन्छ । त्यसैले नेपाली युवाहरुलाई तलबको प्रलोभनमा वृटिस सेना मार्फत छिमेकी देश भारतको स्वतन्त्रता माथि दमन गर्न लगाउने काम बन्द गरिनु पर्दछ । (आ) चाहे जुन जाति धर्मका मानिस किन नहुन् सम्पूर्ण नेपालीले बराबर पढ्न, लेख्न र बोल्न पाउँनु पर्दछ । राजा र प्रजालाई एउटै रथका दुई पाङ्ग्रा जस्तै बनाइनु पर्दछ । (इ) नेपालमा बसोबास गर्ने विभिन्न जाति र समुदायहरुको पुख्र्यौली भाषा, धर्म, र संकार संस्कृतिको जर्गेना गरिनु पर्दछ र त्यस माथि लगाइको प्रतिबन्ध हटाइनु पर्दछ । (ई) मुलुक हाँक्नका लागि कुलिन शासन होइन जनताबाट निर्वाचित भएर जो सुकै नेपाली छोरी÷छोरा प्रधानमन्त्री बन्न पाउँने व्यवस्था हुनु पर्दछ । (उ) उपरोक्त मागहरु यो राज्य र राणा प्रधानमन्त्रीले पुरा गरिदियोस् । मलाई भन्नै पर्दैन कि म आफै आफ्नो सेना विघटन गर्नेछु र स्वतन्त्रतापुर्वक बाँच्न पाउने, हिड्दुल गर्न पाउने समाजको एउटा नागरिक भएर बस्नेछु । तर मागहरु पुरा गर्नुको सट्टा जसरी आत्मसमर्पणको धम्की दिइएको छ यसको जवाफ प्रतिरोध युद्ध बाहेक अरु हुन सक्दैन । मैले आत्मसमर्पण गर्नु भन्दा नेपाल र नेपाली जनताको सार्वभौम स्वतन्त्रता र समानताको खातिर मर्नु नै जायज ठान्दछु । क्याप्टेन लखन थापा मगरको उपरोक्त दृढ जवाफबाट आतंकित राणा प्रधानमन्त्री जंगबहादुर राणाले झनै विवेक घुमाउन पुग्यो र कुरुर दमनमा उत्रियो । हजारौ फौजहरु परिचालन गर्नुका साथै सामदाम र दण्ड भेदका सयौ हड्कन्दाहरु प्रयोग गरेर क्याप्टेन लखन थापा मगरलाई घेराबन्दी बनायो ।
३. लखन थापा मगरको हत्याः
अनेक षडयन्त्रका बावजुत अन्ततः राणा फौजले सबैतिरबाट लखन थापा मगर र उनका फौजलाई घेरा हाल्न पुगे र सम्पूर्ण रुपले घेरामा परिसके पछि क्याप्टेन लखन थापा मगरले जंगबहादुर राणालाई नै मारेर आफु मर्ने निधो गरे र जंगबहादुर आउने गौडामा केही लडाकु फौजहरुसँग ढुकेर बसे । जब १९३३ फागुन १ गते राती जंगबहादुरको सवारी भयो । दर्जनौ फौजलाई अगाडि पछाडि राखेर सवार प्रधान मन्त्री विहानको ४÷५ बजेतिर उक्त स्थानमा आइपुग्दा वीर क्याप्टेन लखन थापा मगरले गोरखा बुङकोटको नजिकै रहेको गौँडामा बाटो माथि करिब ८ मिटर उचाईबाट हाम फालेर धारिलो तरवारले जंगबहादुर राणालाई प्रहार गरेका थिए । थापा मगरको प्रहारले सेतो घोडाबाट भुईमा झ¥यो र अगाडि पछाडिको फौजले तुरुन्त एक्सन लिदा क्याप्टे लखन थापा मगरले थप आक्रमण÷प्रहार गर्न पाएनन् । लखन थापा आफ्नो दर्जन भन्दा बढी सहकर्मीहरु संगै गिरफ्तारमा परे । गिरफ्तार परेका क्याप्टेन लखन थापा मगर जयसिंह चुम्मी मगर लगायतलाई राणा सेनाले निर्घात यातना दियो र घाइते जंगबहादुर राणाको ठाडो आदेशमा १९३३ फागुन २ गते दिनको २ बजेतिर गोरखाको बुङकोट स्थित खिर्राको रुखमा झुन्ड्याएर बरबरता पुर्वक क्याप्टेन लखन थापा मगरको हत्या गरियो । जयसिंह चुमी मगर लगायत अरु पनि आधा दर्जन बढी मगरहरुको हत्या सँगै गरिएको बुझिन्छ ।
४. जंग बहादुरको मृत्यु लखन थापा मगरबाटः सबैभन्दा शक्तिशाली मानिएका राणा प्रधानमन्त्री जंगबहादुर राणाको मृत्युको कारण आजका दिनसम्म गोप्य राखिएको छ । तर विभिन्न तथ्यहरुले के पुष्टि गर्दछ भने जंगबहादुर राणाले क्याप्टेन लखन थापा मगरलाई म आफै काट्छु भनेर अगाडि बढ्दा क्याप्टेन लखन थापाको तरवार प्रहारबाट उनको मृत्यु भएको बुझिन्छ । ती प्रमाणहरु यसप्रकार रहेको छ । (क) क्याप्टेन लखन थापा मगरलाई फाँसी दिदै गर्दा भनेका थिए कि मेरो मृत्युको ९÷१० दिनमा जंगबहादुर राणाको पनि मृत्यु हुनेछ र एक न एक दिन जहानिया राणा साशनको अन्त्य भई देशमा स्वतन्त्रता र समानता प्राप्त हुनेछ भनेर भनेका थिए । यसको अर्थ क्याप्टेन लखन थापा मगरलाई थाहा थियो कि आफ्नो प्रहारबाट जंगबहादुरलाई कति गहिरो चोट लागेको थियो र कति दिनमा मर्छ ? नभन्दै लखन थापा मगरलाई फाँसी दिएको ९ दिन पछि १९३३ फागुन ११ गते जंगबहादुर राणालाई मृत घोषणा गरियो । (ख) दोस्रो प्रमाण जंगबहादुरको मृत्युलाई गुमनाम गोप्य राखियो र गोरखा जाँदा डायरिया (पखाला) लागेर त्यसैको कारण मृत्यु भएको भनेर राणा परिवारमा हल्ला गरियो तर जंगबहादुरको लास स्वयम उनकै भाइ भारदारहरुलाई पनि हेर्न दिएन । (ग) निकै लामो समय पछि जंगबहादुरकोे मृत्युका बारेमा चर्चा परिचर्चा शंका उपशंका चलिरहँदा जंगबहादुर राणा गोरखा सवार हुँदा बाटोमा सेतो बाघको आक्रमणबाट घाइते भएको र यसैको कारण उनको मृत्यु भएको भनेर विभिन्न शंका उपशंकालार्ई मेटाउने कोशिस गरियो । ५.लखन थापा मगरलाई प्रथम राष्ट्रिय शहीद किन नमान्ने ? नेपालमा राणा शासन चलिरहेको थियो । देशमा एक खालको अन्धकार थियो । राणा र राजाहरु मालिक यहाँका जनताहरु दास जस्तै थिए । राणाको दिमागमा मानव स्वतन्त्रता भन्ने कुरा एक रति पनि थिएन । यता सर्वसाधारण जनताहरु जति नै पिँडा भए पनि फाँसी जानु पर्ने डरले चुइक्क बोल्दैनथे । यस्तो बरबर तानाशाही व्यवस्थाको विरुद्धमा राजनितिक, सामाजिक , सास्कृतिक, भाषिक र धार्मिक स्वतन्त्रता हुनु पर्दछ भनेर कुनै आयातित विचार विना आफ्नै विवेकले मुक्तिको लागि विद्रोह गर्ने पहिलो नेपाली हुन् क्याप्टेन लखन थापा मगर । उनले परिकल्पना गरेको राजनैतिक स्वतन्त्रता, सामाजिक न्याय र बहुजातीय समतामुलक समाजको लागि २००७ साल, २०२८ साल,२०३६ साल , २०४६ सालकका विद्रोह जनआन्दोलन र २०५२ देखि शुुरु गरिएको दश वर्षीय जनयुद्ध २०६२÷६३ को जनआन्दोलन र मधेश आन्दोलन तथा आदिवासी जनजाति आन्दोलनले समेत सहि सावित गरेको छ । यसर्थ आज भएका सबै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको सिलन्यास कर्ता क्याप्टेन लखन थापा मगर नै रहेको कुरा यी सबै घटनाक्रमले पुष्टि गरिसकेको अवस्थामा नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम शहीद क्याप्टेन लखन थापा मगर नै हुन् भन्ने कुरामा विवाद गर्नु वेकार हुन्छ। अझ सबै शोषण दमन र उत्पीडनका विरुद्ध लडेर यो गणतन्त्र स्थापना गर्ने नेता र विद्धानहरुको लागि त लखन थापा मगरलाई प्रथम शहीद मान्नका लागि थप सोच्नु पर्ने कारण नै हुदैन । विना शर्त प्रथम शहीद र राष्ट्रिय विभुति घोषणा गरिनु पर्दछ । तर बदलिएको व्यवस्थाका पुराना चिन्तनबाट ग्रसित नेताहरुको बेइमानी र विभेदका कारण आज क्याप्टेन लखन थापा मगर कागजमा मात्र प्रथम शहीद घोषणा छ, व्यवहारमा साधारण शहीदलाई गरिने सम्मको व्यवहार पनि भएको छैन । वास्तवमा किन यसो गरिएको होला ? हामी सहज अनुमान गर्न सक्छौ कि क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेर पनि प्रथम शहीदको रुपमा सम्मान गर्न नचाहेको कारण निम्न कारण हुन सक्छ । ड्ड पहिलो कारण क्याप्टेन लखन थापा मगरले विद्रोह गर्दा उनी कुनै पनि नामको राजनीतिक पार्टीमा आवद्ध थिएनन् । मानौ त्यति बेला देशमा कुनै पनि राजनीतिक दल थिएन त्यस कारण उनी स्वत स्फुर्त रुपमा विना राजनीतिक दल विद्रोह गरेका थिए । राणा कालका शहीद भनेर जसरी दशरथ चन्द ठाकुर, गंगालाल श्रेष्ठ ,धर्मभक्त माथेमा र रामविलास जोशीलाई सम्मान गरियो उनीहरुको योगदान लखन थापाको भन्दा कम भए पनि उनीहरु तत्कालिन नेपाल प्रजापरिषद लगायत भुमिगत पार्टीका संगठित सदस्य थिए । त्यसैले आजका प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रवादी शक्तिहरुले क्याप्टेन लखन थापा मगर गैर राजनीतिक व्यक्ति भएका कारण राजनीतिक विभेद गरेर प्रथम शहीदको सम्मान नगरेको हुन सक्छ । नेपालको राष्ट्रिय राजनीति राणा कालदेखि आजका दिन सम्म पनि उच्च जातीय अहंकारवादी सोँच र चिन्तन भएका शक्तिहरुको चंगुलबाट मुक्त हुन सकिरहेको छैन। नेपालको राजनीतिमा जबरजस्त रहेको उच्च जातीय अहंकारवाद, एकल जातीय, एकल धार्मिक र एकल सांस्कृतिक प्रभुत्ववादी चिन्तनले गर्दा क्याप्टेन लखन थापा मगरले उठाएको सार्वभौम राष्ट्रिय स्वतन्त्रता र प्रजातन्त्रको कुरा स्वीकार्दा स्वीकार्दै पनि उनले उठाएको बहुजातीय पहिचान, बहुजातीय सहअस्तित्व सहितको समग्र सामाजिक न्यायको विचारधारा उच्च जातीय अहंकारवादी चिन्तन बोकेको नेताहरुलाई पाच्य भएको छैन । त्यसकारण प्रथम शहीद क्याप्टेन लखन थापा मगरलाई उपेक्षा गरेको हुन सक्छ ।क्याप्टेन लखन थापा मगरले प्रथम शहीदको सम्मान पाउनलाई कि त ब्रह्मण या क्षेत्री भएर जन्मिनु पथ्र्याे कि त राज्य सञ्चालनको मुख्य साँचो मगर या कुनै पनि आदिवासी मुलका व्यक्तिको हातमा हुनु पथ्र्याे । यी दुबै प्रतिकुल हुँदा क्याप्टेन लखन थापा मगरको सिंगो इतिहास ओझेलमा पर्न गएको देखिन्छ । यसलाई जातीय विभेदको उदाहरण मान्न सकिन्छ ।
६. आगामी हाम्रो कदमः नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगर कुनै जाति, भुगोल, व्यक्तिगत स्वार्थको पक्षमा नभएर सिंगो नेपालको सार्वभौमिकता र जनताको समान प्रजातन्त्रका लागि लडेका एक प्रजातान्त्रिक राष्ट्रवादी योद्धा हुन् । त्यसैले कुनै राजनीतिक भेद्भाव नगरी, जातीय भेद्भाव नगरी उनलाई नेपालको प्रथम शहीदको सम्मान गरिनु पर्दछ र काठमाडौँको शहीद गेटमा चार शहीदहरुको साथमा उनको शालिक राखिनु पर्दछ र प्रत्येक वर्ष हुने माघ १६ गतेको शहीद दिवसलाई समय परिवर्तन गरी फागुन २ गतेलाई शहीद दिवसका रुपमा सार्वजनिक विदा दिइनु पर्दछ । यो नैतिक जिम्मेवारी नेपाल सरकारको हो । क्याप्टेन लखन थापा मगर शहीद मात्र होइनन् उनी प्रजानन्त्रका पहिलो कल्पनाकार पनि हुन् । यसर्थ उनी एक युग पुरुष र विचारक हुन् । त्यसैले क्याप्टेन लखन थापा मगरलाई राज्यले राष्ट्रिय विभुती घोषणा गरिनु पर्दछ । तब मात्र क्याप्टेन लखन थापा मगर प्रतिको सच्चा सम्मान हुन्छ । लखन थापा मगरसँगै क्रान्तिकारी किसान नेता कामी बुढामगर र जसको जोत उसको पोत अर्थात घर कसको पोट्नेको खेत कसको जोत्नेको मर्मस्पर्षी नाराका साथ किसान आन्दोलन हाँक्ने भिमदत्त पन्त लगायतका वीर योद्धाहरुलाई राज्यले उचित सम्मान र खोजीनिति गरिनु पर्दछ । जसका लागि स्वाभिमानी सबै नेपालीहरु एक मतका साथ उनीहरुको योगदान र बलिदानको सम्मान गर्नु पर्दछ । क्याप्टेन लखन थापा मगरलाई राष्ट्रिय विभुति घोषणा गर्न र प्रथम शहीदको सम्मान गर्नको लागि अब सरोकारवाला सबैले लखन थापा स्मृति प्रतिस्थानलाई राष्ट्रव्यापी र फराकिलो तथा पारदर्शि बनाई स्थापित गरिनुका साथै उक्त प्रतिस्थान मार्फत जनहित र राष्ट्रिय हितका ठुला साना सबै कामहरु अगाडि बढाइ क्याप्टेन लखन थापा मगर प्रतिको भ्रम चिरेर वास्तविक सत्यता आम जनतालाई बुझाउँनु पर्दछ । यी तीनवटा कार्य कुशलतापूर्वक सम्पन्न ग¥यौ भने क्याप्टेन लखन थापा मगरको बारेमा थप संघर्ष गर्नु पर्ने छैन ।धन्यवाद।।