रोल्पा ।नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पिएनमा रोल्पाका खड्ग बहादुर पुन (खबपु) मगरले सबैको मन जित्न सफल भएका छन् । वाइल्ड कार्डमार्फत आएका उनले मध्यम वर्गका जनताका आम कुराहरुलाई लिएर कमेडी गर्ने गरेका छन् । लामो समय देखि यस क्षेत्रमा लागेका उनले विगतमा भएको ज नयु द्धको स्वाद पनि चाखेका छन् ।राजनीतिक, सामाजिक हरेक खालको विषय वस्तुमा कमेडी गर्न सक्ने पुनलाई जनताको राम्रो साथ मिलेको छ । उनी अहिले हिमेश पन्त र सुमन कोइरालासँग प्रतिस्पर्धा गरिरहेका छन् । नाच्ने कलामा पनि उस्तै पोख्त पुनको हालै एक भिडियो पनि आएको छ ।
सञ्चारमाध्यमहरुमा धेरै नआएका उनी प्रत्यक्ष जनतासँग गएर भोट माग्दै आइरहेका छन् । उनी निर्णयकहरु ऋचा शर्मा, सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराईको मनमा बस्न सफल भएका छन् । उनी हसाँउनका लागि नै जन्मेको भन्दै सन्तोष पन्तले पटक–पटक भन्दै आएका छन् ।उनी अहिले रोल्पाली जनताको मात्रै नभई देश तथा विदेशमा भएका लाखौं नेपालीहरुको मनमा बसेका छन् । अहिले तीनै प्रतिस्पर्धीहरु भोट अपिल गर्दै हिडेका छन् ।नेपालको पहिलो रियालिटी सो कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल खड्गबहादुर पुन मगर ‘खबपू’लाई कमेडी चेम्पियन बनाउन रोल्पालीहरु लागिपरेका छन्।
फाइनलको लागि भोट माग्न आएका ‘खबपू’लाई रोल्पाको सदरमुकाम लिवाङमा हजारौ समर्थकको साथमा भव्य स्वागत गरिएको हो । कमेडी चेम्पियनको ग्राण्ड फिनालेमा प्रवेश गरेपछि भोट माग्न खबपू गृहजिल्ला लगाएत आसपासका केहि जिल्लामा भोट माग्न हिडेका छन ।
उनले आज रोल्पा नगरपालिका लिवाङ र सुनिलस्मृति गाउँपालिकका सुलिचौरमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुतिसंगै भोट अपिल समेत गरेका छन् ।
भोट माग्न हिडेका खबपूसँग फ्यानहरुले सेल्फी लिन तछाडमछाड गरिरहेका छन् । उनले प्रस्तुति दिईरहँदा हजारौ दर्शकहरुको हाँसोको फोहोरा छुटेको थियो भने तालीले भव्य स्वागत गरेका थिए ।
यस्तै फागुन १७ गते रुकुमको सदरमुकाम खलङ्गामा र फागुन १९ गते आफ्नै गाउँ जेलवाङमा भोट माग्ने र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस्तै फागुन २० गते रोल्पाकै सुनछहरी गाउँपालिकामा, फागुन २१ गते प्युठानमा र फागुन २२ गते बुटवलमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ । यस्तै फागुन २३ गते पाल्पामा, फागुन २४ गते पोखरामा र फागुन २५ गते काठमाडौँमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ ।
वाइल्ड कार्डबाट इन्ट्री गरेका अर्गानिक उपमा पाएका खवपु कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल भएका हुन् । उनले टप ४ बाट ग्राण्ड फिनालेमा प्रवेश गर्दा पनि सबैभन्दा धेरै भोट प्राप्त गरेका छन् । कमेडी चेम्पियनको ग्राण्ड फिनाले चैत १ गते हुने आयोजक समितिले जनाएको छ ।
खवपुलाई भोट गर्न नेपालबाट Esewa को App Download गरेर भोट गर्न सकिन्छ भने विदेशबाट Comedy Chempion को App Download गरेर भोट गर्ने सकिने छ ।
साथै नेपाल मगर सघ केन्द्रिय समिती हार्दिक अपिल यस्तो छ।