माननीय गृहमन्त्री राम बहादुर थापा मगर ꞌबादलꞌ ज्युले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन कडा निर्देशन

काठमाण्डौ: कोभिड १९ (कोरोना भाइरस) सरकारले लकडाउन गरेको कारण जनता दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन माननीय गृहमन्त्री राम बहादुर थापा मगर ꞌबादलꞌ ज्यले आपूर्ति व्यवस्थापनलाई सहज बानउन कडा निर्देशन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवज्यूहरु, महानगरपालिका तथा नगरपालिकाका प्रमुखज्यूहरुलाई निर्देशन दिनुभएको छ।

माननीय गृहमन्त्री राम बहादुर थापा मगर ꞌबादलꞌ ज्यको अध्यक्षतामा आपूर्ति व्यवस्थापनलाई सहज बनाउने विषयमा बैठक बसी छलफल भयो । उक्त छलफलमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवज्यूहरु, महानगरपालिका तथा नगरपालिकाका प्रमुखज्यूहरु लगायतको उपस्थिति रहेको थियो । उक्त बैठकले गरेका देहाय बमोजिमका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध सहुत कडा निर्देशन दिनुभएको छ।

१० निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु गराउनु हुन दिएको निर्देशन
1. आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने ।
2. विक्री वितरण गर्दा न्यूनतम 1 मिटरको दुरी कायम गर्ने (Social Distancing) गरी स्थानीय तहले मापदण्ड बनाउने ।
3. आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने ।
4. वडास्तरीय समितिले आफ्नो वडा भित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने ।
5. स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी Combo Package बनाई बिक्री वितरण गर्ने ।
6. हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई वडास्तरीय समितिले सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको Package उपलब्ध गराउने । सहयोगको Package बनाउदा ४ जना सम्म सदस्य भएको परिवार र ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई पुग्ने गरी २ प्रकारको बनाउने ।
7. कुनै निकाय/संघ/संस्था/व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्‍नुपर्ने। स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समिति मार्फत वितरण गर्ने । सो को विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने ।
8. सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण गर्न नपाउने ।
9. वितरणमा दोहोरोपना हुन नदिने ।
10. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने ।

गृह मन्त्रालयकाे प्रेस विज्ञप्ति यस्तो छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar