जाड रक्सी मदिराको ह्याँङओभर हटाउने १३ उपाय यस्तो छ। पढ्नुहोस जिवनभर काम लाग्छ।


जाड रक्सी (मदिरा )पिउनु सामान्य जस्तै बनेको छ । युवापुस्ता मात्र होइन, वृद्ध उमेरका ब्यक्ति तथा किशोरकिशोरी पनि मदिरा पिउने गर्दछन् ।

जाड रक्सी (मदिरा )सेवनले स्वास्थ्यमा असर पार्छ भन्ने जान्दाजान्दै पनि कतिपय मानिस यसको लतबाट टाढा रहन सक्दैनन् । बाहिरी माहोल, साथीसंगतका कारण मदिरा पिउनेहरु पनि धेरै हुन्छन् ।

अत्याधिक मात्रामा मदिराको सेवन गरेमा ‘ह्याङ’ हुन्छ । जसका कारण उठेर हिड्न खोज्दा पनि ठोक्किदै हिड्नु पर्ने, बोली लरबरिने, तथा अस्पष्ट देखिने हुन्छ जसलाई ह्याँङओभर भनिन्छ  ।

जाड रक्सी (मदिरा) सेवनपछि हुने ह्याङओभर कम गर्ने केही उपायहरु यस्ता छन–

१. ह्याङंओभरमा सकेसम्म दबाबमूलक वान्ता हुनबाट बच्नुपर्छ । यदि मदिरा पिएको १० मिनेट भित्रै तपाईलाई बान्ता भएन भने वान्ता गर्न बल नगर्नुहोला ।

२. तर यदि वान्ता आउन खोजेको छ भने त्यसलाई रोक्नुहुदैन । किनकी शरीर स्वयं मदिरा बाहिर निकाल्न चाहान्छ । यसलाई रोकेमा उल्टो हानी हुने गर्दछ ।

३. यदि ह्याङओभरका कारण तपाई लड्नु भएको छ भने कसैको सहायता वा आफै चिसो हावा आउने ठाउँमा जाने प्रयास गर्नुहोस्, त्यसपछि लगातार नुन पानी पिउनुहोस् ।

४. जाड रक्सी (मदिरा) पिउँदा–पिउँदै ह्याङंओभर शुरु भयो भने तुरुन्तै थप मदिरा पिउन बन्द गर्नुहोस् । र तत्काल कागती चिया पिउनुहोस् ।

५. कागती चिया, कालो चिया, कागती पानी वा कागतीलाई सिधै खाएमा ह्याङओभर कम हुन जान्छ ।

६. ह्याङओभर उतार्ने सबैभन्दा सरल उपाय भनेको प्रसस्त निदाउनु हो, यसले तपाईको शरीरलाई आराम दिई शरीरमा भएको नशा बिस्तारै घट्दै जान्छ ।

७. मदिरा पिउँदा शरीरमा हुने घोलीय पर्दाथमा नशा हुने भएकाले अत्यधिक मात्रामा पानीको सेवन गरेर पिसाबको माध्यमबाट त्यसलाई निकाल्न सके पनि ह्याङओभर कम हुन्छ ।

८. ह्याङओभर देखिन थालेपछि स्वच्छ हावामा केहिबेर बसेर तातो पानीले नुहाउनुपर्छ । यदि ह्याङंओभर अत्यधिक मात्रामा छ भने चिसो पानिले टाउको धुनुपर्छ ।

९. तातोपानीले नुहाउँदा मदिराका कारण शरीरमा भित्रिएका टक्सिनलाई पखालेर निकाल्न मद्दत गर्छ । साथै शरीरमा भएको ह्याङओभर विस्तारै कम हुँदै जान्छ ।

१०. अदुवाको प्रयोगले पनि मदिराको नशा उतार्ने भएकाले केही टुक्रा अदुवालाई मुखमा राखेर चपाई मनतातो पानीले निलेमा पनि ह्याङंओभर कम गर्न सकिन्छ ।

११. काचो नरीवलको पानी पिउनाले समेत मदिराको ह्याङओभर कम हुन जान्छ । साथै अमिला फलफूलले समेत मदिराको नशा उतार्ने गर्दछ । यो सबैभन्दा उपयोगी उपाय मानिन्छ ।

१२. पानीमा नुन र सख्खर हालि घोल बनाएर पिएमा मदिराको नशा कम हुन्छ साथै शरीरमा भएको पानिको कमी पनि पूरा हुने गर्दछ ।

१३. टमाटरको रस, सुन्तलाको जुस, अदुवा हालेको कालो चिया तथा धनिया सख्खरको मिश्रण खाएमा पनि जाडरक्सी (मदिरा)को ह्याङओभर कम हुने गर्दछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar