लकडाउन मात्र समाधानको उपाय होइन ! विदेशमा अलपत्र परेका आफ्नो नागरिकलाई सुरक्षित घर फर्काउ !!
रोजीरोटीका लागि तेस्रो मुलुक पुगेका ४० लाखभन्दा बढी नेपाली श्रमिक मध्ये अधिकांश श्रमिक कोरोनाको कारण विदेशी भुमिमै अलपत्र छन्। कम्पनीहरु बन्दछन। उनिहरु भोकभोकै बन्दकोठा भित्र थुनिएका छन । रोगले भन्दा शोकले मरिरहेका छ्न । ‘स्वदेश फर्किन पाउँछ कि पाउँदिन’ भन्ने चिन्ताले ग्रस्त छ्न । धेरै श्रमिकहरुलाई सम्बन्धित कम्पनीले/मालिकले काम बाट निकाली सकेको अवस्था छ । उनिहरु बिच सडकमै जीवन मृत्युुको दोसाँधमा नेपाल फर्किन पाउँ’ भन्दै हार-गुहार मागिरहेका छन । पछिल्लो रिपोर्ट अनुसार धेरै रोजगारदाता कम्पनीले धमाधम कामदार कटौती गर्दै छन । ति नेपाली श्रमिकहरु! एकातिर आफ्नो रोजिरोटी खोसिएको छ भने अर्को तिर विश्वमहामारी कोरोना संग पौंठेजोरी खेल्नु पर्ने अवस्था छ।
यति खेर, सरकारले खेल्नु पर्ने भुमिकामा, सरकार एकदमै कम्जोर र निरिह देखिन्छ । सम्बन्धित देशका दूतावासको दायित्व र विदेश स्थित नेपाली कूटनीतिक नियोगहरूले गर्नु पर्ने भुमिका बारे नै प्रश्न चिन्ह उठेको छ । बाँच्न पाउनु मानिसको पहिलो अधिकार हो । अन्तर्राष्ट्रिय आप्रवासन कानुनले पनि आप्रवासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिक सरह सुरक्षित हुन र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । तर यस बिपत्तिको घडीमा नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले ती नेपाली श्रमिकहरुको स्वास्थ्य, खानपिन र जीवन रक्षाको लागि गंभीर हुनु पर्ने, जो भएको देखिदैन ।
यता मजदुरीका लागि छिमेकी मुलुक भारत पुगेका ३ लाख भन्दा श्रमिकहरु मध्ये कोरोनाका कारण धेरैको रोजिरोटी खोसिएको छ । विस्थापित भएका छन । ‘ मरे आफनै देश गएर मर्छु’ भनेर रातारात भागेर सीमाना सम्म आएका नेपाली नागरिकहरूलाई पनि सरकारले देश प्रवेश गर्न नदिई गैर-जिम्मेवारी व्यवहार गरेको देखिन्छ। सीमानामा एकदमै नाजुक र असुरक्षित अवस्थामा बस्न बाध्य भाएका आफ्नो नागरिक लाई सुरक्षित अवतरण कसरी गर्न सकिन्छ ? सरकारले तुरुन्त व्यवस्था गर्नु पर्ने हो, त्यो भएको छैन ।
मेरो परिभाषामा वैदेशिक रोजगारीमा गएका युवाहरु इकोनमिक हिरोहरु हुन्। उनैकाे पैसाले देशको अर्थतन्त्र धनेको छ । देशको कुल अर्थतन्त्रको ५६ प्रतिशात रेमिटेन्सको भरमा चलेको छ । तर अहिले तिनै युवाहरु नचाहिनेजस्तै भएको छ । विदेशबाट कोही मान्छे आयो भने पनि अपराधी जस्तै गरी खोजि खोजी आइसोलेसनमा राख्नुपर्ने स्थिति आएको छ । यो सरकारले गरेको होइन परिस्थितिले ल्याएको बाध्यता हो ।
तर मेरो प्रश्न यहाँ नीर छ कि ! आज देश लकडाउन भएको डेढ महिना भैसक्यो । नागरिक ‘रोगले भन्दा शोक र भोकले’ मर्न लागिरहेका छ्न ।
सिमाना अलपत्र परेका आफ्नो नेपाली नागरिकको बारेमा सरकार किन संबेदनशिल बन्दैनन? उनिहरुलाई स्वदेश फर्काउने, सुरक्षित अवतरण गर्ने तर्फ सरकार किन लाग्दैन ? भुटानले आफ्नो देशका २ जना नागरिक लान विमान चार्टर गरेर आयो, अनि लाग्यो पनि । तर नेपाल सरकार, विपत्तिमा परेका आफ्नो नागरिक प्रती किन उदार देखिदैन ? न प्रतिपक्ष उदार देखिन्छ न त सत्त पक्ष नै ! किन ? सबै रमिटे बन्छ !! अचम्मको कुरो त, राज्यसत्तामा बस्नेहरु बेमौसमी बाजा बजाएर जनतालाई तमासा देखाइरहेका छन, छिमेकि हँसाई राखेका छ्न । कहिले अध्यादेशको कुरा ल्याएर , कहिले सांसद अपहरणको कुरा ल्याएर । अनि ,कहिले प्रधानमन्त्री फेर्ने सम्मको कुरा ल्याएर चराई रहेको घाउमा नून चुक छर्ने काम भइरहेको छ ।
©खड्क पामी आले मगर
देवघाट-२,जमडाँडा तनहुँ ।
मिति २०७६ बैशाख १७ गते बिहीवार ।
(लेखक पामी आले, नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिको उपाध्यक्ष हुन ।)
नेपाली समाज नयाँ युगको सिद्धान्त र कानुनमा रुपान्तरण भए पनि व्यवहारमा भएन युवा नेता नविन रोका मगर