कविता “जाती विभेद” नरेन्द्र राणा मगर गृहमन्त्रालय-:उपसचिव


जाती विभेद
नरेन्द्र राणा मगर
गृहमन्त्रालय-:उपसचिव

मान्छे जात रचेर दैव सुखले आराम गर्दै छ कि
देखी मानिस-बुध्दि मूर्खमय यो धिक्‍कार भन्दै छ कि
त्यस्तो होइन मानु आज कसरी आकाश फाट्ला फुटी
जाती भेद बनेर कारण लग्यो मान्छे जुनी नै चुँडी ।१।

जाती भेद विभेद यो मनुजले होला रचेको किन
श्रेष्ठै हौं सबमा भनी अहममा मैमत्त यस्तो किन
जाती एक छ मात्र मानव भनी बुझ्दैन मूर्खै किन
देखी पाप अघोर नीच सरिको, छौ मौन दैवै किन ।२।

 यस्ता पाप कुकर्म कारक बढे घट्तैन साँच्चै किन
न्यायीले पनि दण्डको उचितता भेट्दैन यस्तो किन
बढ्दा छन् घटना विभत्स रुपले रोक्दैन कोही किन
मान्छे हो अब जाग रोक घिनका काला घिनाहा दिन ।३।

उस्तै रक्त त हुन्छ हेर सबको ठूलो र सानो कहाँ
उस्तै दुख्दछ घाउ हेर सबको उँच्चो र होचो कहाँ
कोही मूर्ख थियो कुनै समयको बाँड्यो विभेदी विष
बन्दै जात विजातको जहरले त्यो निर्दयी मानिस ।४।

माननिय गृहमन्त्री रामवहादुर थापा मगर ‘वादल’को निर्देशन पछी सशस्त्र प्रहरी बलको टोली लिपुलेक सुरक्षा छाङरुमा बिओपी राख्न एमआइ-१७ हेलिक्टर लिएर जादै

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar