चिनिया राष्ट्रपति शी जिनपिङले सेनालाइ कडा निर्देशन,युद्धाका लागी तयार रहनू’

चिनिया राष्ट्रपति शी जिनपिङ

चिनिया राष्ट्रपति शी जिनपिङले सेनालाइ कडा निर्देशन,युद्धाका लागी तयार रहनू’

चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन कडा निर्देशन दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् ।

जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला दिएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव तथा करिब २० लाख सैनिकका सेना प्रमुख ६६ वर्षीय जिनपिङले सीमामा तनाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले खराब स्थितीका लागि तयार रहनुपर्ने बताएका छन् ।

जिनपिङको भनाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘सेनाले सबैभन्दा खराब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर युद्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न जटिल परिस्थितीसँग तुरुन्त र प्रभावकारी तरिकाले जुध्नुपर्छ । साथै, पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नुपर्छ ।’

जिनपिङको यो टिप्पणी लद्दाखमा  भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा आएको हो ।

यो पनिःचिनिया जनमुक्ती सेनाले आफ्नो भूमिमा प्रवेश गर्न खोज्ने भारतीय सेनाको टोली नियन्त्रणमा लियो

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar