विद्युत महसुलमा मासिक १० युनिटसम्म निशूल्क, मासिक १५०खपत २५ % र मासिक २५०खपत १५ %छुट


सरकारले विद्युत महसुलमा मिनाहा र छुट दिने भएको छ। आगामी वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले विद्युत उपभोक्तालाई मिनाहा र छुट दिने घोषणा गरेका हुन्।
सरकारले विद्युत महसुलमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निशूल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ % र मासिक २५० युनिटसम्म खपत गर्नेलाई १५ %छुट

जसअनुसार घरासयी साना विद्युत उपभोक्तामध्ये मासिक १० युनिटसम्म खपत गर्नेलाई निशूल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत छुट हुनेछ।

यस्तै खानेपानी र सिचाईं उपभोक्ताले तिर्नु पर्ने विद्युत शूल्क मिनाहा र विद्युत महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ।

कोभिड-१९ का कारण प्रभावित उद्योगहरूलाई लकडाउनको अवधिभर विद्युतको डिमान्ड शूल्क छुट दिने र माग कम हुने समयको विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रवन्ध मिलाइएको अर्थमन्त्री खतिवडाले घोषणा गरे।
यो पनि पढौ:सरकारले निजी क्षेत्रको ५ %को ब्याजदर माग पूरा
थपियो अर्को राष्ट्रिय गौरवको आयोजना सिन्धुली सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट
थप ४ जिल्ला कोरोना,५१ जिल्लामा फैलियो कोरोनाभाइरस : कुन जिल्लामा कति संक्रमित, कति निको भए ? (तथ्यांकसहित)

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar