भक्तपुरकी महिला जनप्रतिनिधीले १ हप्तामै जितिन् कोरोना भाइरस


भक्तपुर – भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिले एक हप्तामा नै कोरोना भाइरस जितेकी छिन् ।

यही जेठ ९ गते भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीलगायतको आरडीटी र पीसीआर विधीबाट कोरोना संक्रमण भए नभएको परिक्षण गरिएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले रातोपाटीसँग कुरा गर्दै भने, ‘उहाँ महिला सदस्य कोरोना भाइरस (कोभिड–१९) मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।’

महिला वडा सदस्य पाटन अस्पतालबाट बिहीबार डिस्चार्ज भएकी हुन् । भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा जेठ ६ मा ‘नोजल स्वाब’ संकलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

पाटन अस्पतालमा बुधबार र बिहीबार गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि कोभिड आईसीयू ब्लकबाट उनलाई डिस्चार्ज गरिएको नगरप्रमुख प्रजापतिले बताए। आरडीटी विधीबाट १९४ जनाको परिक्षण गरिएको पीसीआरबाट १६८ जनाको परिक्षण गरेकोमा ११९ जनाको रिर्पोट नेभेटिभ आएको र ती महिला जनप्रतिनिधीको भने पोजेटिभ आएको थियो । अन्य भने परिक्षणको रिर्पोट आउन बाकीँ रहेको नगरप्रमुख प्रजापतिले बताए ।

कस्तो छ संक्रमण फैलिन नदिने तयारी ?
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिका अनुसार नरगपालिकाले कोरोना भाइरसको महामारी समुदायमा नफैलियोस् भनेर विभिन्न तयारीहरु गरिरहेको छ । दैनिक जसो माइकिङ्ग गरेर जनचेतना फैलाउने काम भइरहको, सरसफाईमा ध्यान दिइएको, क्लोरिन झोल छर्कने काम भइरहेको प्रजापतिले बताए ।

त्यसैगरि नगरपालिकाले भक्तपुर नगरभित्र नेवार समुदायले मनाउने विभिन्न पर्व तथा पुजामा प्रहरी, नगरस्वयमसेवक परिचालन गरेर भिड हुननदिने व्यवस्था मिलाईको छ। बाहिरबाट भक्तपुरमा कोठामा बस्न आउनेलाई अनिवार्य कोरोना परिक्षण गर्नु पर्ने प्रावधान राखिएको समेत नगरप्रमुख प्रजापतिले बताए । हालसम्म भक्तपुर जिल्लामा मात्र ४ जनामा कोरोना भाईरस देखिएको छ । भक्तपुर नगरमात्र २ जनामा देखिइसकेको छ ।

यो पनि पढौ:म्याग्दीमा पहिलोपटक १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
विश्वमा कोरोना भाइरसवाट मृत्युहुनेको सख्या ३,६२,०१० पुग्यो
झापाका एउटै गाउपालिका ७९ संक्रमित मध्ये ७३ जना कोरोना संक्रमित
थप ४ जिल्ला कोरोना,५१ जिल्लामा फैलियो कोरोनाभाइरस : कुन जिल्लामा कति संक्रमित, कति निको भए ? (तथ्यांकसहित)

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar