कोरोना भाइरसवाट थप १ को मृत्यु, मृत्यु हुनेको संख्या ७ जना पग्यो


काठमाडौँ । दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । 

शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । 

भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ । 

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो । 
यो पनि पढौ: थप कोरोना संक्रमित १९८ जना,संक्रमितको सख्या १४०१ पुग्यो,निको हुने सख्या २१९ पुग्यो
मन्त्रिपरिषद्को वैठक ५ वजे बस्दै, विदेशमा रहेका नेपालीको उद्धार र लकडाउन मोडालिटी मुख्य एजेण्डा

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar