चीनद्वारा भारतलाई कडा चेतावनी :चीनविरुद्ध गतिविधि भए आर्थिकमा ठूलो क्षति व्यहोर्नुपर्छ।


एजेन्सी । चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापारयुद्ध कायमै छ । पछिल्लो समय भारत र अमेरिकाबीचको सम्बन्धलाई लिएर चीनले भारतलाई चेतावनी दिएको छ । चीन र अमेरिकाबीच चलिरहेको ‘कोल्ड वार’मा भारत समावेश नहोस् भन्ने चीनले चाहेको छ ।
चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा भारतले महामारीको बीचमै अमेरिकासँग मिलेर चीनविरुद्ध कुनै पनि क्रियाकलाप गरेमा त्यसको असर आर्थिक क्षेत्रमा पर्ने चेतावनी दिइएको छ । चीनले भारतसँगको सम्बन्ध राम्रो चाहेको तर अमेरिकासँग मिलेर चीनविरुद्ध कुनै पनि गतिविधि गरेमा त्यो चीनका लागि सह्य नहुने उल्लेख गरिएको छ ।

अमेरिकासँग मिलेर चीनविरुद्धका गतिविधि गरेमा भारतले आर्थिक हिसाबले ठूलो क्षति व्यहोर्नुपर्ने चीनको चेतावनी छ । दुई देशबीच सीमा क्षेत्रमा जारी तनाव कम गर्न दुवै देश सक्षम भएको ग्लोबल टाइम्समा उल्लेख छ ।

अमेरिका र भारतबीच पछिल्लो समय सम्बन्ध राम्रो बन्दै गइरहेको छ । अमेरिकाले कोरोना महामारी वा हङकङ, ताइवानलगायतका सबै विषयलाई लिएर चीनविरुद्ध प्रहार केन्द्रित गरेको छ । भारतका पछिल्ला गतिविधिले चीन सन्तुष्ट छैन । त्यसैले भारतलाई आर्थिक हिसाबले थप क्षती व्यहोर्नुपर्ने चेतावनी चीनले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो पनि पढौ:विश्वमा चिनले सवैभन्दा पहिले कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलव्ध गराउने,

चिनिया जनमुक्ती सेनाले आफ्नो भूमिमा प्रवेश गर्न खोज्ने भारतीय सेनाको टोली नियन्त्रणमा लियो

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar