पर्वतमा पनि थपिए संक्रमित, गण्डकी (मगरात तमुवान)प्रदेशमा संक्रमित संख्या ३७ पुग्यो


पोखरा । मंगलबार गण्डकी (मगरात तमुवान)प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमित भेटिएका हुन् ।

पर्वतमा पनि एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला गाउँपालिकाका ३ गरी ५ संक्रमित भेटिएका हुन् । संक्रमित पाँचै जना सदरमुकाम कुश्माको क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमण पुष्टि हुनेमा फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी(मगरात तमुवान)प्रदेशमा कोरोना संक्रमित कुल संख्या ३७ पुगेको छ ।

संक्रमित दशै जनालाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
यो पनि पढौ: वि.सं.२०७७ साल जेठ २० गते मंगलबार यी राशिहरुका लागि लाभदायी पढ्नुहोस
वि.सं.२०७७ साल जेठ २० गते मंगलबार यी राशिहरुका लागि लाभदायी पढ्नुहोस
प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुग्यो

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar