
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् ।
सोमबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी आत्धात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिड्ने शक्ति लिन आग्रह गरे ।
मोदीलाई नारायणकाजीको आग्रह- नेपालको एक इन्च भूमि पनि लिन्नँ भनेर पशुपतिनाथ, मुक्तिनाथबाट शक्ति लिनुस्
अतिक्रमणकारी प्रवृतिलाई सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि उनले मोदीलाई आग्रह गरे । उनले भने, ‘‘यो बेलामा पशुपतिनाथसँग, मुक्तिनाथसँग तपाइको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईले आराधना गर्नुहोस् । तपाईले शक्ति लिनुहोस् । तपाईले आशिर्वाद लिनुहोस् र यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिनु हुँदैन । हिजोको जुन अतिक्रमणकारी, कब्जा गर्ने प्रवृति रह्यो त्यसलाई सच्याएर सत्यको पक्षमा उभिन्छौँ र नेपाल भारत सम्बन्धको सम्बन्ध सुधार गराउँछौँ । इतिहासको निरन्तरतामा देखिएको प्रवृतिमाथि विजयी प्राप्त गछौँ भनेर सोच्नु भएको भने तपाई बधाई र धनयवादको पात्र हुनुहुनेछ । नेपाल भारतको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सहयोग हुनेछ । तपाईजस्तो आध्यात्मिक व्यक्तिलाई आग्रह गर्न चाहान्छौँ ।’’
सत्तारुढ दल नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले इतिहासका तथ्यहरु टेबुलमा राखेर समस्या समाधानका लागि नेपाल तयार रहेको बताए । तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अगाडी बढ्नुपर्ने बताए ।
उनले उत्तरी छिमेकी चीन असल छिमेकी भएपनि सन् २०१५ मा भारतसँग गरेको एक व्यापारिक सम्झौताले नेपालको चित्त दुखेको बताए । ‘‘चीनले नेपालको सार्वभौमिकता अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्ने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृति नदेखाएको कारणले हामी सम्मान गर्छौँ । तर यो सन्दर्भमा चीनलाइ पनि अनुरोध छ नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा जान÷अन्जान आँच पुग्ने वा बल पुग्ने काम चीनको तर्फबाट हुनुहुँदैन् । २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा भएको सम्झौताको आत्मसमिक्षा गर्न आगह गर्दछु ।’’
प्रवक्ता श्रेष्ठले इपीजी समूहले सहमतिमा नेपाल भारत सम्बन्ध, समस्या र समाधानका विषयमा तयार पारेको प्रतिवेदन भारतले बुझ्न नमानेको प्रति पनि दुःख व्यक्त गरे ।
प्रवक्ता श्रेष्ठले भारतसँगका असमान सन्धिसम्झौता खारेज गर्नुपर्नेमा जोड दिएका छन् । विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक तथा समानतामा आधारित बनाउनका लागि सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्ने श्रेष्ठको भनाइ छ । इपिजी प्रतिवेदन भारतले बुझ्नुपर्नेमा जोड दिदै उनले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेकाले भारतलाई वार्ताका लागि आव्हान गरे ।
पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले चीन र भारतबीचको लिपुलेकको प्रयोगका विषयमा भएको सम्झौता पनि खारेज गर्न चीनसँग माग गरेका छन् । उनले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नका लागि चीनले लिपुलेक प्रयोगबारे भारतसँग गरेको सहमतिलाई सच्याउनु पर्ने प्रष्ट पारेका छन् ।
यो पनि पढौ:थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,कोरोना संक्रमितको संख्या १७९८ पुग्यो,फैलियो५९ जिल्लामा कोरोना,
यस्ता छन् ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनमगर ‘अनन्त ‘मार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम
प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुग्यो