रुकुम पश्चिम चौरजहारी घटना दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता:- गृहमन्त्री रामबहादुर थापा मगर’वादल’


काठमाडौं ।माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ ले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताए । उनले सो घटनाको तीन तहबाट अनुसन्धान चलिरहेको बताए । ‘सङ्घ, प्रदेश र स्थानीय तहबाट छानबिन भइरहेको छ’, उनले भने, ‘नेपाल प्रहरीका साथै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा पनि अनुसन्धान भइरहेको छ ।’ छानबिन अन्तिम चरणमा पुगेको पनि उनको भनाइ थियो ।

रुकुम पश्चिम चौरजहारी घटना दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता:- गृहमन्त्री रामबहादुर थापा मगर’वादल’

गृहमन्त्रीले छानबिन समितिको प्रतिवेदनपछि दोषीमाथि कडा कारबाही हुने र पीडितलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति दिइने बताए । ‘घटनाको ढाकछेप र दोषी उम्कन सक्ने अवस्था सरकारबाट हुँदैन’, उनले भने ।

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउनको घोषणा गरेको अवस्थामा घटना घटेको भन्दै उनले गृह प्रशासनको कुनै कमजोरी पाइए कारबाही हुने बताए । ‘उक्त समयमा प्रहरी टुलुटुलु हेरेर बसेको होइन, कमजोरी गर्ने प्रहरीमाथि पनि कारबाही हुन्छ, छानविन समितिले अध्ययन गर्छ’, उनले भने । कानूनको कार्यान्वयन गर्न थप कडाइ गर्ने उनको भनाइ थियो । गृहमन्त्रीले विगतको तुलनामा जातीय विभेदका घटना न्यूनीकरण गर्न सफल भएकोसमेत बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले अनुसन्धानमा महान्यायाधिवक्ताको कार्यालयको पूर्ण सहयोग हुने उल्लेख गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भनेर शङ्का नगर्न आग्रह गरे । ‘कसैको पनि भनसुन हुँदैन, तपाईंहरु ढुक्क हुनुस्, अनुसन्धान तथा अभियोजनमा कुनै शङ्का नगर्नुहोस्, यो मुद्दालाई बिग्रन दिइँदैन’, उनले भने ।

गृहसचिव महेश्वर न्यौपानेले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले त्यसबारेमा अनुसन्धान गरिरहेको बताए । सो सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले घटनाको सत्यतथ्य अनुसन्धान गरेर अभियोजन प्रक्रियामा लैजाने बताए ।
जातीय विभेदका घटना अमेरिकामा पनि छन् : माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’

माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ रूकुम पश्चिमको चौरहजारी भएकाजस्ता जातीय घटना अमेरिकामासमेत हुने गरेको बताएका छन्।

जाजरकोटका नवराज आफ्नी प्रेमिकालाई लिन जाँदा वडाध्यक्षकै नेतृत्वमा  कुटपिट र हत्या भएको घटनाबारे छलफल गर्न मंगलबार कानुन तथा मानवअधिकार समितिमा भएको बैठकमा बोल्दै उनले संसारको सबभन्दा बढी लोकतान्त्रिक र समृद्ध मुलुकमा समेत जातीय विभेदका घटना भइरहेका बताएका हुन्।

नेपालमा कानूनी र राजनीतिक रूपमा विभेद अन्त्य भए पनि व्यवहारिक रूपमा विभेद रहेको उनको भनाइ छ।

‘यसलाई सामाजिक प्रक्रियाको स्वभाविक प्रक्रियाको रूपमा मानौं। संसारको सबभन्दा शक्तिशाली, सबभन्दा समृद्ध र सबभन्दा बढी सभ्य, लोकतान्त्रिक भन्ने देश अमेरिकामा पनि यही समयमा यस्तै घटना घटेको छ,’ उनले भने, ‘केही समानता छन्। तर त्यहाँ राज्यबाटै विभेद भएको छ। कानून त्यहाँ पनि छन् कार्यान्वयनमा फितलो छ।’

अमेरिकामा काला जातिका एक व्यक्तिलाई प्रहरीले घुँडाले घाँटी थिचेपछि उनको मृत्यु भएको घटनालाई लिएर विरोध प्रदर्शन भइरहेका छन्।

यता रूकुम पश्चिममा हप्तादिन अघि भएको घटनामा जाजरकोटका नवराज विकसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ। उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय टोली गठन गरिसकेको छ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पीडित पक्षले २० जनाको नाममा जाहेरी दिएको र अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । सो प्रकरणमा सङ्लग्न भनिएको अन्य दुई जना फरार रहेको उनले जानकारी दिए । घटनाको गाम्भीर्यतालाई हेरेर प्रहरीको उच्च अधिकारीको नेतृत्वमा अनुसन्धान भइरहेको उनले बताए ।

दोषीमाथि कडा कारबाही गर्न सांसदको माग

बैठकमा सांसदहरुले घटनाको निश्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् । सांसद सुवासचन्द्र नेम्वाङले घटनाको निश्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।

सांसद पार्वती विसुङ्खेले घटनास्थल नजिक रहेका प्रहरीलाई पनि छानबिनको दायरामा ल्याउन माग गरिन् । उनले अनुसन्धान गर्न न्यायिक समिति गठन गर्न माग गर्दै दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद लक्ष्मी परियारले थर फेरेर मात्र दलित समुदायले मुक्ति नपाउने भन्दै जातीय विभेद अन्त्य गर्न सामूहिक अभियान चलाउन आग्रह गरिन् । सांसद बालकृष्ण खाँडले गृह प्रशासनले समयमै ध्यान दिन नसक्दा घटना हुन पुगेको भन्दै राज्य प्रणालीमाथि नै आशङ्का गरे । ‘लकडाउनमा ताँती लिएर हिँड्न पाइन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘संसदीय छानबिन समिति गठन गरी यसको वस्तुनिष्ठ अनुसन्धान गर्नुपर्छ ।’

सांसद लक्ष्मणलाल कर्णले घटना हुनै नदिनेतर्फ प्रहरी प्रशासन थप चनाखो हुनुपर्ने बताए । सांसद मीन विश्वकर्माले सरकारले यो विषयको गाम्भीर्यतालाई बुझ्न नसकेको भन्दै आपत्ति जनाए । उनले दोषीलाई कडा कारबाही गर्न माग गरे ।

यो पनि पढौ:थप कोरोना संक्रमित २८८ जना, नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो
नारायणकाजी श्रेष्ठले’प्रकास’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह!
यस्ता छन् ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनमगर ‘अनन्त ‘मार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar