डोल्पाको ५८ वर्षीय १ पुरूषको कोरोना संक्रमणवाट मृत्यु, मृत्युको संख्या १२ जना पुग्यो


डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १२ पुगेको छ।

मृतक ती पुरूष सुर्खेतमा बस्दै आएका थिए। उनी गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए। घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो।

मृत्यु भएको दुई दिनपछि उनको स्वाब परीक्षण गर्न प्रतिष्ठानमा पठाइएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको हो।

गाउँपालिका अध्यक्ष नारासिंह रोकायले सेतोपाटीलाई दिएको जानकारीअनुसार ती पुरूषको अन्त्यष्टि गरिसकिएको छ। उनी दमका रोगी थिए।

साथै मृतकको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिएको छ।

हेर्नुस् विज्ञप्ति:

यो पनी पढौ:कोरोना भाइरसवाट वाग्मती (नेवा:ताम्सालिङ्ग) ३ जनाको मृत्यु संक्रमितको सख्या ८३ जना पुग्यो
कास्कीमा थप ३ जना कोरोना संक्रमित,गण्डकी(तमुवान मगरात)प्रदेशमा संक्रमितको सख्या ८५ पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar