काठमाण्डौ ४ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित,नेपालमा ३२३५ जना कोरोना संक्रमित

कोरोना भाइरस अपडेट

काठमाडौं उपत्यकामा थप पाँच जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला र काठमाडौं महानगरका ४ जनामा संक्रमित थपिएका जानकारी दिएका हुन्।

काठमाडौंका ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।
शनिबारमात्रै ३२३ जना कोरोना संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या १३ पुगेको छ।
हालसम्म नेपालमा ३२३५ जना कोरोना संक्रमित छन् भने ३६५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन्।  

यो पनी पढौ:नेपालमा कोरोनाभाइरस थप संक्रमित ३२३जना संक्रमितको संख्या ३३१५ जना पुग्यो
कपिलवस्तुमा ४८ थप संक्रमित, संक्रमितको संंख्या ५२३ पुग्यो
वाग्मती (नेवा:ताम्सालिङ्ग) प्रदेशको कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar