थप कोरोना संक्रमन:२१३ देशभर कुल संक्रमितको संख्या ३४४८ पुग्यो

कोरोना भाइरस अपडेट

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।  जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् । हालसम्म देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । 

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए । 
 
यो पनी पढौ:कर्णाली प्रदेशमा थप ५४ जना कोरोना,संक्रमितको संख्या ६४१ जना पुग्यो
नेकपा सांसद भीमबहादुर रावव:वजेट भित्र एमसीसी हाल्ने,अनि लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रका लागि बजेट खै ?

तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar