द्वन्द्वपीडीत वालवालिकालाइ राहत वितरण गर्दै शिक्षा तथा स्वास्थ्य समिती सभापती जयपुरी घर्तिमगर

द्वन्द्वपीडीत वालवालिकालाइ राहत वितरण गर्दै शिक्षा तथा स्वास्थ्य समिती सभापती जयपुरी घर्तिमगर

द्वन्द्वकालमा अभिभावक गुमाएका बालबालिकालाई हेरचाह गर्दै आएको बालगृहलाई संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति  जयपुरी घर्तीले राहत उपलब्ध गराएकी छन् ।

काठमाडौंको मनमैजुस्थित बालगृहमा पुगेर सभापति घर्तीले आज राहत चामल, दाल, तेल, नून लगायत राहत सामग्री वितरण गरेकी हुन्। बालगृहको संचालन एकिकृत सिर्जनशील समाज नेपालले गरिरहेको छ ।

बालगृहमा हुम्ला, मुगु, कालीकोट, सुर्खेत, रोल्पा, रुकुम, गुल्मी, बाग्लुङ, धादिङ, सिन्धुपाल्चोक, सामेछाप, खोटाङ लगायत मुलुकका १२ जिल्लाका ४७ बालबालिका बस्दै आएका छन् । बालगृहले सहयोग आवश्यक परेको भनेपछि आफूले राहत उपलब्ध गराएको सभापति घर्तीको भनाई छ ।

‘हामीले जिल्ला फर्कन चाहने जनतालाई पटक पटक गरेर जिल्ला फर्काइसकेका छौं तर घर जान नमिल्ने वा नजानु भएका केही हुनुहुन्छ भन्ने खबर पाएको छु,’ घर्तीले भनिन्, ‘विपतमा एक आपसमा सहयोग आदान प्रदान गर्नु सबैको कर्तव्य हो, मैले पनि कर्तब्य पालनको कोसिस गरेको छु ।’

घर्तीले बालगृहमा द्वन्द्वकालमा ज्यान गुमाएका, २०७२ सालको भूकम्पमा अभिभावक गुमाएका, अभिभावकबाट टाढा रहेका र अति विपन्न वालवालिका रहेका छन् । वालवालिकाको लालतपालनसहित पढाइको व्यवस्थासमेत बालगृहले गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीपश्चात बालबालिकाहरुलाई अभिभावक वा आफन्तले घर लैजान आएको तर आफन्न नभएका १० जना र संचालकहरु भने बालगृहमै छन् । हालसम्म वालगृहको स्थायी स्रोत नभएकाले चुनौति भोग्दै आएको समाजका महासचिव भीम बहादुर रोका मगरले बताए ।

बालगृहका संचालक संस्थाका संस्थापक जय प्रकाश बुढाले पहिलो पटक बालगृहमा उच्च पदस्थ व्यक्ति आएको बताए । ‘जयपुरी जतिको उच्च पदस्थ व्यक्ति यहाँ आइपुग्नु भएको पहिलो पटक हो, बालगृह संचालनमा हामीले भोगेको समस्या समाधान गर्न पनि उहाँबाट धेरै अपेक्षासमेत गरेका छौं,’ उनले भने।

मंगलबार नै घर्तीले एसइइको तयारीमा काठमाडौंमा रहेका र जिल्ला फर्कन नसकेकासमेत कुपण्डोलमा रहेका चार जना बालबालिकालाई  बसोबास गरेको स्थानमै पुगेर राहत वितरण गरेकी छिन् ।

यो पनी पढौ:कोरोना भाइरसवाट उत्पन्न परिस्थितीको चुनौती सामाना गर्न सुरक्षा निकायको भुमिका अग्रपङ्तिमा:माननिय गृहमन्त्री राम वहादुर थापामगर ‘बादल’
थप कोरोना ३२३ जना,कुल संक्रमितको संख्या ४०८५ जना पुग्यो।
नापि कार्यलय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरुद्ध ५ करोड भ्रष्टचार मुद्धा
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar