जननेता मदन भण्डारीको जन्म जयन्ती: कम्युनिष्ट आन्दोलनका लोकप्रिय नेता


काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनको लोकप्रियता र लोकतान्त्रीकरणको नायकका रूपमा मदन भण्डारीको नाम लिइन्छ । विश्व कम्युनिस्ट आन्दोलनले एकपछि अर्को धक्का खाइरहेको बेला चुनावी प्रक्रियाबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने श्रेय, ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीलाई नै जान्छ । हो, त्यहीबेला विश्वप्रसिद्ध ‘न्युजविक’ ले लेख्यो, नेपालमा जन्मिए माक्स ।

मध्यमा सम्मको शिक्षापछि थप अध्ययन गर्न मदन भण्डारी भारतको वृन्दावन पुगे । त्यही क्रममा पुष्पलाल समूहको सांस्कृतिक मोर्चाको जिम्मेवारी लिएका मोदनाथ प्रश्रितसँग भेट भयो भण्डारीको । वरिष्ठ वामपन्थी नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले उनले मेरा कृति पनि पढ्नुभएको रहेछ । मलाई भेट्न आउनुभएको थियो, वनारस । सायद २०२७÷२८ तिर होला । त्यो बेला उहाँले मलाई पाण्डुलिपि हेरिदिनूस् भनेर दिनुभएको थियो, भने ।

उनले उनका केही रचना हेरेँ, वाम झुकावको पाएँ । त्यही बेला पुष्पलालले मलाई सांस्कृतिक मोर्चा निर्माणको जिम्मेवारी दिएकाले सांस्कृतिक गोष्ठी पनि थियो । त्यही क्रममा मदनले एउटा मीठो गीत सुनाए । उनले सम्झे ।

साहित्यकार प्रश्रितमा ती दिनका धमिला सम्झना मात्र बाँकी छन् । उनले सम्झने प्रयत्न गरे । ‘ए मेरी बाटुलीका बुबा नमस्ते’ यस्तै बोलको थियो त्यो गीत । उन्नत स्तरको चेतना थियो । राजनीतिमा प्रत्यक्ष जोडिन नचाहे पनि सांस्कृतिक एवं साहित्यिक गतिविधिमा मदन जोडिए । कलेज बिदामा मदन घरतिर लागे । त्यहीबेला मोदनाथ प्रश्रित मदनको घर खोज्दै मोरङ गए । त्यस पछिका दिनमा पटकपटक प्रश्रित मदनको घर पुगे । एकपटक जीवराज आश्रितसहित प्रश्रित मदनको घर पुगे । त्यो बेला मदनलाई राजनीतिक गतिविधिमा सक्रिय हुन आश्रित–प्रश्रितले आग्रह गर्दा, बुबाले जेठो छोरो जोगी बनेर हिँड्यो, लालाबाला धेरै छन् । यसैले घर हेर्नुपर्छ भने ।

मदन भण्डारीको अध्ययनशील, राजनीतिक चेतना र सामाजिक गतिविधिमा राखेको चासोले गर्दा स्थानीय साथीले पनि राजनीतिमा लाग्न प्रेरणा दिएका थिए । प्रश्रितले राजनीतिमा लाग्न स्थानीय साथीले पनि प्रेरित गरे । मैले पनि राजनीतिमा ल्याउन धेरै प्रयत्न गरेकै हुँ, भने ।

बिस्तारै मदन भण्डारीले राजनीतिमा ध्यान दिन थाले । पुष्पलाल समूूहको केन्द्रीय समिति बैठकमा आमन्त्रण गरियो । प्रश्रित मदनसँग भेट भएको करिब डेढ वर्षपछि केन्द्रीय समिति बैठकमा बोलाइएको हो । त्यही बैठकले केन्द्रीय सदस्यमा राख्यो भनेर सम्झन्छन् । पुष्पलाल समूहबाट विद्रोह गरेर जीवराज आश्रित, मदन भण्डारी र मोदनाथ प्रश्रित लगायतले मुक्ति मोर्चा समूूह बनाएका थिए ।

त्यो समूूहसँग पार्टी एकताको प्रस्ताव लिएर कोअर्डिनेसन केन्द्रका तर्फबाट प्रदीप नेपाल वनारस पुगेका थिए । नेता नेपालका अनुसार यो २०२४ साल वैशाखमा घटना हो । २०३४ को भदौमा पार्टी एकता भयो । त्यस पछिका दिनमा मदन भण्डारीले पार्टीमा बिछट्टै विकास गरेको अनुभव नेता नेपालको छ । उनको अध्ययन र बुझाइमा मदन भण्डारी उच्चस्तरको शोधार्थी थिए । दार्शनिक चेत राख्ने । इतिहासको गहिरो अध्ययनसहित समस्या समाधानको बाटो पहिल्याउने । नेपाली राजनीतिमा चामत्कारिक ढङ्गले उदाउनुभएका मदनको भाषणमा जादुकला थियो । उखान टुक्का, लोककथा र वाक्पटुतापूर्ण भाषणकलाले युवा मन मस्तिष्कमा गहिरो छाप छाड्न सफल थिए ।

राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्नुहुने मदन भण्डरीले राजनीतिक दौडधूपकै क्रममा मृत्युवरण गर्न पुगे । २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिनुभएका मदन भण्डारीको त्रिशूलीमा भएको रहस्यमय जिप दुर्घटनामा २०५० साल जेठ ३ गते अस्वाभाविक मृत्युवरण गर्न पुगे । यद्यपि नेपाली राजनीतिमा मदन भण्डारीको स्मरण पुस्तापुस्ताले गरिनैरहनेछ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ५९३ जना,कुलसंक्रमितको संख्या११,७५५ जना पुग्यो, मृत्युहुनेको सख्या २७जना पुग्यो।
नेपालको जनसंख्या तिन करोड नाघ्यो।
लागुऔषध ओसारपसार नियन्त्रण गर्न नया रणनितीका साथ लागेका छौं: माननिय गृहमन्त्री रामवहादुर थापामगर’वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar