आज थप २०४ जना कोरोना संक्रमित,कुल संक्रमितको सख्या१६,१६८ जना पुग्यो

कोरोना भाइरस अपडेट

मंगलबार नेपालमा थप २ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित ७ हजार ४ सय ९९ जना निको भइ घर फर्किएका छन्। हालसम्म ४६ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ।विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ३५ जना कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:चित्रकला प्रतियोगिताबाट प्रभावित भई गम सोमैले हौशला स्वरूप रू.६,०००/- सहयोग गर्ने
विभिन्न साहित्य कार्यक्रम गरि मनायो झमककुमारीको जन्मोत्सव
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar