शान्ती,सुरक्षा,अमनचयन कायम गर्न जनताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा प्रमुखलाइ गृहमन्त्री ‘बादल’को कडा निर्देशन


काठमाडौं: माननिय गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ ले नवनियुक्त आइजिपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा माननिय गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले भने, ‘तपाईंको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको छु । मेरो पुर्ण साथ र समर्थन रहन्छ । तपाईंको ट्राक रेकर्डका आधारमा योग्य देखेर यो जिम्मेवारी दिएका हौँ । समायोजन काम टुंगोमा छिटो पुग्नेगरि गर्नुहोस् ।’ माननिय गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले भने, ‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो , त्यसमा विशेष ध्यान दिनुहोस् ।’

सो अवसरमा गृहसचिव महेश्वर न्यौपानेले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिमवर्कमा काम गर्न निर्देशन दिए ।

आइजिपी थापाले आफु गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नो कार्यकालमा इमान्दारीपुर्वक राज्यले दिएको जिम्मेवारीलाई पुरागर्ने प्रतिवद्धता व्यक्त गरे ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:केही अनलाइन न्युज पोर्टललाइ कारवाही, कारवाहीमा कुन कुन परे
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar