देश वाडीपहिरो प्रभावितको उद्धार गरेर तत्काल राहत प्रदान गर्न नेपाल मगर संघ केन्द्रिय समितीको जोडदार माग


काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोमा परेर घाइते एवं मृत्यु भएका परिवारलाई राहत प्रदान गर्न नेपाल मगर संघ केन्द्रिय समितीले सरकारसँग माग गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै नेपाल मगर संघले बाढी तथा पहिरो प्रभावितको उद्धार गरेर तत्कालै राहत प्रदान गर्न माग गरेको हो ।

अबिरल वर्षाका कारण म्याग्दी, पर्वत, कास्की, जाजरकोट, सिन्धुपाल्चोक, गुल्मी लगायतका ठाउँमा बाढी एवंम पहिरोले ठूलो क्षति पुर्‍याएको छ । बाढी तथा पहिरोमा परेर अझै दर्जनौ व्यक्ति हराईरहेको उद्धार जारी राखिएको प्रहरीले जनाएको छ ।

मगर संघले यसरी बाढी तथा पहिरोमा परेकाहरु मगर समुदाय पनि भएकाले उनीहरुको तत्कालै उद्धार गर्न माग गरेको हो । नेपाल मगर संघ केन्द्रिय समितीले बाढी तथा पहिरोमा परेकाहरुको उद्धार गर्न मातहतका समितिहरुलाई आग्रह समेत गरेका छन ।

यस्तो बेला सबै जना उद्धार, राहत वितरण गरेर दुःख सुखमा साथ दिनुपर्ने पुनको भनाई छ । बाढी पहिरोका कारण अलपत्र परेकाहरुको उद्धार गर्न, सहयोगमा जुट्न र एकअर्काप्रति सहयोगी भावना राख्न पनि मेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष रोका मगरको भनाई छ ।
बाढी पहिरोले केही मगर समुदायका मानिसहरुको ज्यान गएकोमा मगर संघले श्रद्धाञ्जली व्यक्त गरेको छ । यस्तै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
नेपाल मगर संघ केन्द्रिय समितीले सरकारसँग माग गरेको एक विज्ञप्ती यस्तो छ

तपाइलेDigital currency exchangers

यो पनी पढौ:भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’
मगर अभियान आफ्नो गति र विधिमा चालू:नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर
आइतवार थप ८२ जना कोरोना ,कुल संक्रमितको संख्या १६,८०१ जना पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar