बाडी तथा डुवान व्यवस्थापनसम्वन्धी (जेसीआइएमफएम)लाइ भारतिय पक्षसँग वार्ता गर्न उर्जामन्त्री अनन्त’को कडा निर्देशन


काठमाण्डौं । नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी वार्ता गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीपुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआइएफएम) को बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिए । दुवै देशका सह–सचिव रहने उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन् ।

‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ’, मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक डाक्नुस् ।’ मन्त्री पुनले वर्षातको समयमा बाढी पहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिए ।

मन्त्री पुनले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले साधानश्रोतको कुनै कमी हुन नदिने स्पष्ट गर्दै आपतकालीन अवस्थामा मन्त्रिपरिषदबाट निर्णय गरेर भएपनि उद्दार तथा प्रकोप रोकथाममा लाग्न कर्मचारीलाई आग्रह गरे । यस्तै बाढी पहिरोको अवस्थाबारे जिल्लास्थित मन्त्रालय अन्तर्गतका निकायहरुबाट सूचना संकलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि पुनको निर्देशन छ ।

नियमित कार्यतालिका अनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:आगामी “जनगणना-२०७८” मा “मगर समुदायको सवल” बिषयक भर्चुयल अन्तरक्रियात्मक सम्बाद कार्यक्रम सम्पन्न
आगामी “जनगणना-२०७८” मा “मगर समुदायको सवाल” बिषयक भर्चुयल अन्तरक्रियात्मक सम्बाद कार्यक्रम सम्पन्न
भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar