गृहमन्त्रालयको कडा निर्देशन पछी काठमाण्डौ आउन-जान प्रतिवन्ध


काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि आउन-जान प्रतिबन्ध गरिएको छ । यसअघि सवारी पासका आधारमा आउन जान मिल्ने वयवस्था गरिए पनि गृह मन्त्रालयको निर्देशनपछि यस्तो व्यवस्था गरिएको हो ।

मन्त्रालयको निर्देशनपछि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरुपमा बन्द गरेका छन् ।

आजैदेखि काठमाडौं उपत्यका आउन र उपत्यकाबार बाहिरी जिल्ला जान पाइने छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले पास पूर्णरुपमा बन्द गरिएको नागरिकखबरलाई जानकारी दिए ।

पास बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रायको निर्देशन पूर्णरुपमा पालना हुने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले आजदेखि सबै प्रकारका पास वितरण रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।
जारी प्रेस विज्ञप्तिको पूण पाठः–

तपाइलेDigital currency exchangers

यो पनी पढौ:गृह मन्त्रालयको कडा निर्देशन: मातहतको निकायलाइ जोर विजोर प्रणाली र माक्स लगाउने कार्यलाइ कडा गर
थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ कडा निर्देशन
माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाइ कडानिर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar