काठमाण्डौ उपत्यका १७२ जना सहित थप कोरोना देशैभर ६४१ जना,कुल संक्रमित २६,६६० जना,मृत्यहुनेको संख्या १०४ जना पुग्यो।


काठमाण्डौ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताए। आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।
त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो।विगत २४ घण्टामा १२ हजार २ सय बढीको पिसिआर परीक्षण भएको छ।
हालसम्म ५ लाख १७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएकाे छ। सााथै काठमाडौं उपत्यकामा आइतबार १ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना पुष्टि भएको जनाए।

संक्रमितमध्ये काठमाडौंमा १ सय २६ , ललितपुरमा ३८ र भक्तपुरमा आठ जना छन्।  शनिबार काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना पुष्टि भएको थियो।पछिल्लो २४ घन्टामा नेपालभरि ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:गृहमन्त्रालयको कडा निर्देशन पछी काठमाण्डौ आउन-जान प्रतिवन्ध
गृहको कडानिर्देशन प्रमुख जिल्ला अधिकारीहरुलाइ,’ कोभिड -१९’ सुरक्षा मापदण्ड अनुगमन टोली बनाएर साप्ताहिक कार्य प्रगति पठाऊ
थपकोरोना ३७९ संक्रमित, कुल संकरमितको सख्या २२,५९२ जना पुग्यो।
गृह मन्त्रालयको कडा निर्देशन: मातहतको निकायलाइ जोर विजोर प्रणाली र माक्स लगाउने कार्यलाइ कडा गर



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar